बिहिबार, भदौ ०५, २०८२
मा प्रकाशित
1293
Shares
बर्दिया,भदौ ५(फरकसमाचार) / समस्याग्रस्त चितुवालाई निकुञ्जले नियन्त्रणमा लिएको छ । मधुवन नगरपालिका–२ सोनाहा टोलस्थित चमेली गौरी सामुदायिक वनबाट बुधबार समस्याग्रस्त चितुवालाई निकुञ्जले नियन्त्रणमा लिएको हो ।
उक्त चितुवा नियन्त्रणमा लिन ५ वटा हात्तीसहितका प्राविधिक टोली खटिएको थियो । एउटा हात्तीलाई उक्त चितुवाले आक्रमण गरि चिथोरेको थियो ।
तीन चार घण्टा लगाएर समस्याग्रस्त भाले चितुवालाई नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडलले बताए । ‘डार्ट गरेर चितुवालाई नियन्त्रणमा लिई निकुञ्ज मुख्यालयमा ल्याईएको छ,’सुचना अधिकारी पौडेलले भने,‘बिहीबार प्राकृतिक बासस्थानमा छोड्ने तयारी छ ।’