बर्दिया,माघ २६(फरकसमाचार)/ गलरिया महोत्सव आज देखि सुरु हुँदैछ । श्री कृष्णसार जनचेतना युवा स्पोर्ट क्लवको आयोजनामा गुलरिया नगरपालिका–७ बसपार्क नजिकै कृषि, पर्यटन, उद्योग व्यापार तथा बृहत साँस्कृतिक गुलरिया महोत्सव आज देखि सुरु हुने भएको हो ।
आज सोमबार बिहान ११ बजे गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक क्लवले जनाएको छ । पहिलो दिन महोत्सव प्रवेश शुल्क नलाग्ने जनाइएको छ । पहिलो दिन स्थानीय कलाकारको प्रस्तुती रहने छ भने दोस्रो दिन मंगलबार देखि राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
माघ २६ गते देखि फागुन ७ गतेसम्म महोत्सव संचालन हुनेछ । महोत्सव प्रवेश शुल्क रु एक सय तोकिएको छ । जसमा अपाङ, असहाय, वृद्धवृद्धालाई पुर्ण छुट गरिएको छ भने विद्यार्थी र जेनजीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पाद प्रदर्शनी, थारु कला संस्कृति र थारु परिकार आकर्षण रहने आयोजकले जनाएको छ ।

