खानेपानी योजनाबाट ७४ घरधुरी लाभान्वित
शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

दमौली, फागुन १७ : तनहुँको भीमाद नगरपालिका–४ बरनडाँडामा निर्माण सम्पन्न भएको खानेपानी योजनाबाट ७४ घरधुरी लाभान्वित भएका छन् । करिब एक करोडको लागतमा सम्पन्न धोबीखोला खानेपानी तथा सरसफाइ आयोजनाबाट ३०० सर्वसाधारण लाभान्वित भएका हुन् ।

सरकारको ७३ लाख चार हजार र स्थानीय उपभोक्ताको २२ लाख २५ गरी कूल ९५ लाख ३० हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

घरआँगनमा खानेपानी आउने भएपछि उपभोक्ताले १०० दिन जनश्रमदान गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तिलबहादुर थापाले बताए । यस अगाडि यहाँका स्थानीयवासीलाई खानेपानी जोहो गर्नका लागि डेढ÷दुई घण्टा हिँड्नुपर्ने बाध्यता थियो । ‘खोल्सा र कुवामा पानी लिन दुई घण्टासम्म हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ’, उनले भने, ‘घरघरमै खानेपानी आएपछि स्थानीयवासीलाई सहज भएको छ ।’

धोबीखोलामा पानी संकलनका लागि ३० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिएको छ । एक हजार ५० मिटर तल रहेको धोबीखोलाबाट चिहानडाँडामा सोलारमार्फत लिफ्टिङ गरेर तानेको पानी २० हजार र १० हजारको दुई ट्याङकीबाट वितरण गरिएको छ ।

खानेपानी योजनाको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पाँच वर्षभित्र प्रदेशका प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने बताए ।

भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले घरआँगनमा खानेपानीको धारा जडान भएपछि सबैभन्दा बढी राहत महिलालाई भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर