सहकारीको आव ०७६/७७ को अर्धवार्षिक समिक्षा
शनिबार, फागुन २४, २०७६ मा प्रकाशित

म्याग्दी, फागुन २४ : नारायणी बचत तथा ऋण सहकारी संस्था लि. कोआर्थिक वर्ष ०७६/७७ को अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । संस्थाले सञ्चालन गरेका कार्यहरुको प्रगती समिक्षा गर्दै कार्यक्रममा देखिएका सवल पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु, वित्तीय व्यवस्थापनलाई सुद्धिकरण, बचत संकलन, ऋण लगानी, सामाजिक कार्य लगाएतका विषयमा छलफल भएकाे थियाे । संस्थाका कार्यक्रमलाई अझ थप सवलीकरण, सुदृढिकरण र प्रभावकारी बनाउन एवं आगामि अर्धवार्षिकका लागि कार्ययोजना निर्माणका लागि संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिती, सल्लाहकारहरु, जिल्ला प्रतिनिधिहरु, बिभिन्न उपसमिति र कर्मचारीहरुको संयूक्त उपस्थितीमा अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष केशब बहादुर पौडेलले चालु आर्थिक वर्षमा ल्याईएका कार्यक्रम तथा नीतिगत प्रयासहरु कार्यान्वयन गर्नका लागि गोष्ठिको आयोजना गरिएको बताए । पौडेलले संस्थाले आर्थिक वर्षका लागि तर्जुमा गरेका लक्ष्य तथा कार्ययोजनाहरुलाई कार्यान्वयन गर्दै संस्थाको लक्ष्य तथा वित्तीय अवस्थालाई अझ धैरै मजबुत गराउनका लागि प्रभावकारी रुपमा कार्य गर्न सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समिती संयोजक पुरुशोत्तम सापकोटा, सल्लाहाकार श्याम प्रसाद ढुन्गना, रामेश्वर पौडेल, टेक बहादुर सुवेदी,जिल्ला प्रतिनिधिहरु केशवराज पोखरेल, दिनेश चन्द्र आचार्य, उपाध्यक्ष पुष्प राज भट्ट, धितो मुल्यान्कन तथा ऋण उप-समिति संयोजक(सचिव) सम्झना रेग्मी, कोषाध्यक्ष ऋषिराम पौडेल, महिला तथा वाल वालिका समन्वय उप-समिती संयोजक लक्ष्मी पौडेल, युवा परिचालन उप-समिती संयोजक दिनेश पंगेनीले मन्तव्य राखेका । गोष्ठिमा बिभिन् उप-समिती संयोजकहरुले ६ महिनामा गरेको प्रगती र आगामी ६ महिनाको कार्ययोजना समेत प्रस्तुत गर्नुभयको थियो। कार्यक्रम अध्यक्ष केशब बहादुर पौडेलको अध्यक्षता र शिक्षा तथा स्वास्थ्य उप-समिती संयोजक(सह-सचिव) हरि कृष्ण अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर