ऋषिङको मध्यविन्दुमा ३० श्ययाको क्वारेन्टाइन
बिहिबार, चैत १३, २०७६ मा प्रकाशित

तनहुँ, चैत १३ : तनहुँको दक्षिण भेगमा पर्ने ऋषिङ गाउँपालिका८ गोठार्दीस्थित शिव माध्यमिक विद्यालयमा ३० शय्या क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । सबैलाई सहज हुने गरी गाउँपालिकाको मध्यविन्दु क्षेत्रमा पर्ने उक्त क्षेत्रमा करेन्टाइन स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

विदेशबाट आएकाहरू स्वास्थ्य परीक्षण गराएर मात्र गाउँ प्रवेश गर्नका लागि गाउँपालिकाले सबै स्वास्थ्यचौकी तथा स्वास्थ्य एकाइमा स्वास्थ्य जाँचका लागि व्यवस्था मिलाएको पनि उनले जानकारी दिए । गाउँपालिकाभित्रका कुनै पनि नागरिकलाई कोभिड१९ संक्रमण भएमा निजको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ ।

स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीलाई गाउँगाउँ खटाएर सचेतना जगाउने कार्य पनि भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले २०÷२५ मिटरको दूरीमा स्यानिटाइजर र साबुनपानीको व्यवस्था गरेको छ । उनले भने, ‘पहिलो चरणमा पाँच सय जनालाई मास्क पनि वितरण गरिएको छ । मास्क अपुग हुने देखिएकाले थप तीन हजार मास्क काठमण्डौँबाट मगाइएको उनले बताए । लकडाउनको तेस्रो दिनसम्म गाउँपालिकामा एक जना पनि कोरोना संक्रमित नदेखिएको र विदेशबाट आउने व्यक्तिको निगरानी राख्न प्रत्येक वडाध्यक्षलाई सतर्क रहन आग्रह गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर