महामारीले समस्यामा परेका जनतालाई सहयोग गर्छु
सोमबार, चैत २४, २०७६ मा प्रकाशित

पर्वत, चैत २४ : देशभर लकडाउन छ । मानिसहरु घरवाहिर निस्कन सकेका छैनन् । कसैको घरमा सञ्चित गरिएको खाद्यन्न सकियो । दिनभरी मजदूरी गरेर विहान र बेलुकाको गर्जो टार्ने परिवारको बिजोग छ । यो अवस्थामा सरकारले राहात बाँडि हाल्नुपर्ने कार्यविधि बनाउँदै छौँ भनेर टारिरहेको छ । जनता तत्काल राहातको पर्खाइमा छन् । सरकारी राहत सबैमा पुगेकाे अवस्था छैन ।

कोरोनाको त्रास भन्दा भोकले मानिसहरुलाई सताईरहेको छ । यो संकटको घडीमा नेपाली काँग्रेसका नेता गंगाधर तिवारीले जनतालाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन । उनले राज्यले सहयोग नपुगे पनि आँफुले समस्यामा परेका जनतालाई सहयोग गर्ने बताएका हुन् । कोहि पनि भोकै बस्न नपरोस, कसैले उपचारबाट बञ्चित हुनु नपरोस भनेर सक्दो सहयोग गर्ने उनले बताए ।

लकडाउनको बेलामा कसैको चुल्हो बल्न समस्या भएको भए फोन गरेर जानकारी गराउन आव्हान गर्दै आवश्यक सहयोग गर्ने सामाजिक सन्जाल तथा सञ्चार माध्यममार्फत अपिल गरेका हुन् । तिवारीले राज्यले राहात दिन ढिलो गर्दा गरिव, विपन्न, मजदूरी गरेर खाने वर्गहरु समस्यामा परेको खबर सुन्दा खिन्न लागेको भन्दै व्याक्तिगत रुपमा सहयोग गर्ने बताएका छन् ।

‘फलेवास नगरपालिकाका मात्रै नभएर जिल्लाभरका जुनसुकै ठाउँका मानिसहरु पनि रोग, भोक र शोकले मर्नु नपरोस भनेर मैले सहयोग गर्न खोजेको हुँ,’ तिवारीले भने,‘ राज्यले गर्नुपर्ने सहयोगमा किन ढिलो भइरहेको छ भन्ने थाहा छैन ।’ महामारीको यो घडीमा सबैलाई घरभित्रै बस्न समेत उनले आग्रह गरे । सरकारले घरभित्रै बस्न भनेपछि उनीहरुलाई खाद्यान्न तत्काल प्रवन्ध गर्नुपर्नेमा ढिलो गरेकोमा तिवारीले दूख व्यक्त गरे ।

साथै उनले प्रदेश र स्थानीय सरकारलाई गरिव तथा दिनदुखीहरुका लागि तत्काल राहात उपलव्ध गराउन माग गरेका छन । कतिपयलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न, औषधी खर्च तिवारीले सहयोग गरेका छन । ‘राहात पाईएन भनेर दिनदिनै फोन आईरहन्छन्,‘ तिवारीले भने,‘ अति समस्यामा परेकालाई मैले सकेको सहायता गर्दै आईरहेको छु ।’

हुने खानेहरुलाई लकडाउनले आशिंक समस्या परेपनि हुँदा खानेहरुको हरिविजोग भएको छ । महामारीको बेला हातधुने सावुन समेत किन्न सक्ने हैषियत जनताको छैन । हातमुख जोर्ने र परिवारको पेट भर्ने चिन्ताले कतिपय मजदूरलाई मर्नु न बाँच्नु भैरहेको छ । यस्तो बेला उनीहरुलाई राहात दिने कुरामा राज्यको ध्यान कम गएको छ ।

तरुणदललाई राहात संकलन गर्न भनिएको छ । नेपाली काँग्रेस पार्टि संगठन तथा भातृ संगठनहरुलाई राहात संकलन गरि वितरण गर्न समेत तिवारीले निर्देशन दिए । नेता तिवारीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथान र नियन्त्रण गर्न स्थानीय सरकार सँगै जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । पर्वतमा स्वास्थकमी, सुरक्षाकर्मी र संचारकमीले खेलेको भूमिकाको प्रशंसा गदै राज्यले उनीहरुको सुरक्षा सँगै पोत्साहन गर्नुपर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर