बागलुङ सकियो र्यापिड टेष्ट, एक हजार २९ जनाको परीक्षण
बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

बलेवा, वैशाख ४ : बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको र्यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ ।

उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ देखापरेपनि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

बागलुङमा बुधबार मात्रै ४३ जनाको र्यापिड परीक्षणमार्फत कोरोनाको जाँच भएको छ । पाँचौ सङक्रमित युवतीको गाउँ र छुटफुट भएका विदेशबाट आएकाको बुधबार जाँच भएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यो सँगै सरकारले तोकेको मापदण्डमा पर्नेहरुको र्यापिड परीक्षण सकिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । ‘माथिबाट आएको मोडालिटीका आधारमा आडिटी परीक्षण सकियो’ उनले भने । हिजो र्यापिड परीक्षण गरिएकामध्ये २१ जनाको थ्रेट स्वाब समेत सङकलन भएको छ ।

कोभिड– १९का सङ्क्रमित बर्षीया युवतीको सम्पर्कमा आएकाहरुको थ्रेट स्वाब सङकलन भएको हो । उनीहरुको स्वाब बिहिबार बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइने प्रमुख गुरौले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर