बिहिबार, जेठ ०८, २०७७
मा प्रकाशित
0
Shares
काठमाडौं, जेठ ८ : ‘मैले माया गरे’ बोलको गीत सार्वजनिक भएको छ।
यस गीतमा अष्ट्रेलियामा रहेर नेपाली गीत-संगीतमा सक्रिय गायक राज के गोस्वामीको स्वर र मेलिना राईको स्वर छ। उत्तम जंग लिम्बूको संगीत रहेको गीतलाई माया मगरले लेखेकी हुन्।
गीतको एरेन्जर साहाश शाक्य हुन्। ‘कोशिस २’ एल्बममा समावेश यस गीतको अफिसियल भिडियो भने सार्वजनिक भएको छैन।
अहिले निर्माणपक्षले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो। फोटो वर्क, सिड्नीले तयार गरेको भिडियोलाई नेपाल टच नामक युट्युबबाट सार्वजनिक गरिएको छ।