लकडाउनका कारण भोगिरहेको तनाव भगाउनका लागि मानिसहरुले अनेक खालका उपायहरु अपनाइरहेका छन् । बेलायतको वाथेम्स्टोमा बस्ने क्रिस उडहेड नामका एकजना पुरुषले लकडाउनको तनाव भगाउनका लागि अनौठो खालको उपाय अपनाएका छन् ।
लकडाउनको बेला समय कटाउन र तनाव हटाउनका लागि उनले दैनिक एउटा टाटु बनाउन सुरु गरेका थिए ।
यद्यपि टाटुप्रति उनको लगाव पहिलेदेखि नै थियो । १८ वर्षको उमेरमा उनले पहिलोपटक आफ्नो शरीरमा टाटु खोपेका थिए । उनले आफ्नो शरीरलाई एकजना टाटु आर्टिस्टका लागि कलाकारिता पोख्ने क्यानभासका रूपमा समेत प्रयोग गर्न दिएका छन् ।
क्रिसले अहिले हरेक दिन दिउँसो २ देखि ४ बजेसम्ममा आफ्नो जिउमा एउटा टाटु खोप्दछन् । उनले बनाएका हरेक टाटुहरु अर्थपूर्ण छन् । कतिमा लकडाउन सकिने जिज्ञासाहरू छन् भने कतिमा चिकित्साकर्मीहरुलाई धन्यवाद ज्ञापन गरिएको छ । एजेन्सी