काठमाडौ, असार १८ : लायन्स क्लव अफ काठमाडौं युनाइटेड फ्रेन्ड्स (डिष्ट्रीक ३२५बी २ नेपाल ) काे पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेकाे छ। जुलाइ १ तारिखका दिन एक कार्यक्रमको आयोजना गरि क्लबले लायन वर्ष २०२०/२०२१ का लागि नयाँ कार्यसमितिलाइ पद हस्तान्तरण गरेको हाे ।
लायन वर्ष २०१९/२०२० का डायनामिक प्रेसिडेन्ट एवम् लायन वर्ष २०२०/२०२१ का जोन चेयर पर्सन एम जे एफ लायन अनिल बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पास्ट डिष्ट्रीक गभर्नर एम जे एफ लायन अनुप कुमार पहारी, त्यसैगरी विशेष अतिथिको रुपमा प्रथम भाइस डिष्ट्रीक गभर्नर एम जे एफ लायन राम प्रसाद भट्ट, डिस्ट्रीक कोर्डिनेटर (इभ्यालुएशन चिफ ) लायन बिनय बस्नेत, एरिया चिफ (डिष्ट्रीक ३क२५बी २ नेपाल ) अमर ज्योती रन्जित र डिस्ट्रीक डिपार्टमेन्ट चिफ ( जेरो वेष्ट ) यदुराज लामिछाने (आशिष) को उपस्थिती रहेको थियो ।
काेराेना भाइरस ( कोबीड १९ ) को महामारीले सिर्जित विषम परिस्थितिले गर्दा केही सिमित व्यक्तित्वहरुको उपस्थितिमा साे कार्यक्रम गरिएकाे हाे। नयाँ लायन वर्षको लागि लायन दिपक थापालाई अध्यक्षको पद हस्तान्तरण गरिएको छ । त्यसैगरी प्रथम भाइस प्रेसिडेन्टमा कृष्ण प्रसाद पौडेल, सचिव लायन सुरेश धमला, कोषाध्यक्ष लायन दिप्रश शाक्यले पनि आ- आफ्नो पदको जिम्मेवारी लिएका छ्न् ।
कार्यक्रममा युनाइटेड फ्रेन्ड्सका क्लब सर्भिस चेयर पर्सन लायन वेदनाथ ढकालकाे पनि उपस्थिती रहेको थियो । विगतको केही समीक्षा र आगामी दिनको रणनीतिक महत्वका विषयमा चर्चा परिचर्चा सङ्गै बधाइ एवम् शुभकामना आदानप्रदान गरि कार्यक्रम समापन गरिको थियो ।