बिहिबार, असार १८, २०७७
मा प्रकाशित
0
Shares
काठमाडाैं, असार १८ : सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक बिहीबार(आज) दिउँसो १२ बजे बालुवाटारमा बस्दै छ।
बालुवाटारमै नेकपाको स्थायी समिति बैठक चलिरहेको बेला ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्। स्थायी समिति बैठकमा नेकपाकै नेताहरुले राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको छ।
प्रचण्ड माधव नेपालसमूह प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा छ। यसै सन्दर्भमा उक्त समूहले बुधबार छुट्टै छलफल समेत गरेको थियो। अध्यक्ष प्रचण्डले बिहीवार बिहान ओलीपक्षीय स्थायी समिती सदस्यसँग पनि छलफल गरेका थिए।