कार्यकर्तालाई उद्धार र राहतमा जुट्न प्रचण्डको निर्देशन
बिहिबार, असार २५, २०७७ मा प्रकाशित

काठमाडौं, असार : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्ता र सरोकारवाला सबैलाई उद्धारमा जुट्न अपिल गरेका छन् । सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले बिहीबार यस्तो आग्रह गरेका हुन् ।

‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय भएर जुट्न र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपिल गर्दछु’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपिल गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर