बर्दिया,असोज ४(फरकसमचार)बारबर्दियाका ३ का कोरोना संक्रमित वडा अध्यक्षको सघन कक्षमा उपचार भईरहेको छ ।कोरोना संक्रमित वडा अध्यक्ष सुर्य बहादुर थारुको कोहपुर शिक्षण अस्पतालमा उपचार क्रममा कहिल्य भेन्टिलेटर कहिले आईसियु कक्षमा उपचार भईरहेको हो । लामो समय ज्वरो नरोकिएछि टाईफाईडको शंका गरेर औषधी चलाईएको थियो ।तर,ज्वरो नरोकिएपछि बाँकेको भेरी अस्पतालमा कोरोना जाँच गराउँदा कोरोना पुष्टि भएको बार बर्दियाका नगरपालिका नगर प्रमुख कबिर थारुले बताए ।‘चिकित्सकले पनि टाईफाईडको शंका गरेर कोरोना र टाईफाई जाँचबाट कोरोना संक्रमण पुष्टि भयो,’उनले भने । पहिला कुनै रोग नभएकाले कोरोना संक्रमण निकोमा विश्वस्त भएपनि अध्यक्ष थारुको उपचार सघन कक्ष भईरहेको उनले जानकारी दिए । उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या आएकाले भेन्टिलेटर थारुलाई आवश्यक्ता परिरहेको छ । कोहलपुर शिक्षण अस्पताल उपचार भईरहेका कोरोना संक्रमित मध्य ४१ वर्षिय अध्यक्ष थारुको अवस्था गम्भिर भएको अस्पताल स्रोतल बताएको छ । बर्दियमा कोरोना संक्रमितको संख्या ५ सय ४७ जना पुगेका छन् ।
आइतबार, असोज ०४, २०७७
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host