बर्दिया,असोज ८(फरकसमाचार)
अन्नको भण्डारले परिचित तराईको जिल्ला मध्य पर्छ बर्दिया–तर मल,बिउ अभाव र सीमामा हुने तस्करीले किसान मर्कामा छन् ।
विगत देखि नै सरकारले दिने अनुदानको मल कनिका छरेझै उपलब्ध गराएपछि प्रताडित हुन पर्ने किसानको पिडादायीक व्यथा बर्सेनि बल्झिन्छ ।
मल र बिउ प्रशासनिक तवरबाट चासो देखिन्न । मल र बिउमा किसानको सहज पहँुच नभएपछि किसान राम्रो उत्पादन गर्न नसक्दा प्रशासन प्रति किसानको पूराना ईगो थियो । प्रशासनले किसानको विषयमा चासो नदिने गरेको अन्न भण्डारका किसानले बुझेका थिए ।
प्रशासनिक निकायले वेवास्ताले किसानले धेरै क्षति व्योर्हन पर्ने गरेको यो तितो यर्थाथ हो ।
तर,प्रशासनको नेतृत्व वा प्रमुख जिल्ला अधिकारीको सक्रियता भयो भने केहि बेथिति वा व्यवधान हट्न सक्ने पुष्टि भएको छ ।
पछिल्लो समय किसानका पक्षमा देखिएका बर्दिया जिल्लाका प्रजिअ अधिकारीको सक्रियताले किसानलाई राहत मिलेको छ । किसान लाभान्वित हुन सक्ने गरी प्रजिअ अधिकारीको भुमिका महत्वपुर्ण रहेको पछिल्लो घटनाक्रमले पुष्टि भएको छ ।
अन्न भण्डारको रुपमा परिचय बनाएको जिल्लामा कृषि सामाग्री संस्थानले बर्षो दिन मलखाद बितरण गर्छ । अघिल्लो बर्ष देखि सदरमुकाम गुलरियामा साल ट्रडिङ कार्पोरेशनले कार्यालय स्थापना गरेर सेवा सुचारु गरेको छ ।
दुबै निकायको किसानलाई मल उपलब्ध गराउँने निती सामान्य किसान मलबाट वन्चित भईरहेका अभास पाएका प्रजिअ महत्वपूर्ण भुमिका खेलेका छन् ।
किसानको पक्षमा चासो देखाएर लागि पर्ने पहिलो प्रजिअ लिलाधर अधिकारी भएको चर्चा जिल्लाबासी गर्छन ।
धेरै वा थोरै भएपनि सामान्य किसान पहुँचमा मलखाद पुगेको पहिलो पटक भएको किसान बताउँछन् । सरकारको अनुदान मल उपलब्ध गराउँन प्रजिअ अधिकारी जिल्लाबासी लोकिप्रिय बन्दैछन् । प्रजिअ अधिकारीले मल उपलब्ध गराउँने नितिमा थोरै फेर बदल गर्दा सामान्य किसान पहुँच मल पुगेको हो । सहकारी मार्फत मल वितरण लाई रोक लगाएर आम किसानले मल पाउँने गरी प्रजिअ निर्देशनले किसानले मल पाएका हुन । सहकारीमा सदस्य नभएका किसानले सरकारी अनुदानको मल नपाउँन गरेको किसान कृष्ण शाहले बताए ।‘मल आएपनि सहकारी सदस्य मल पाउँथे’उनले भने,‘हामी जस्ता किसानले थोरै भएपनि मल पाएको पहिलो पटक हो ।’
प्रजिअ अधिकारी किसानको पक्षमा बढि सक्रिय भएको पाईएको हो । अन्य काम काजका बिषय प्राथामिकता परेपनि सिडिओ सावको भुमिका किसानको पक्षमा बढि देखिएकाले लाभान्वित भएको किसानको दाबी छ ।
किसान पक्षमा देखिएका अधिकारीले पछिल्लो समयमा उनको लोकप्रिय चुलिदै गएको छ । धान रोपाईमा सुरु गर्दा देखि नै रासानिक मलको आवश्यक्ता पर्ने प्राबिधिक सुझाउँछन । तर मल नपाएर छटपटाउँने किसानको समस्या बेलैमा बुझ्न प्रजिअ अधिकारी सफल भए । कोरोना कहर बेला समेत बर्दियाका किसान पूर्ण रुपमा मल बिहिन हुनु नपरेको किसान स्मरण गर्छन ।
जिल्ला प्रशासन कार्यालयमा बस्ने सर्बपक्षिय बैठकमा किसानको पक्ष भएका निर्णयले किसानलाई फाईदा पुगेको छ । रोपाई शुरु हुनु अघि देखि नै प्रजिअ अधिकारीले मल र बिउको सहजिकरण गरेको किसान बताउँछन ।
‘बिउ र मलका लागि सिडिओ सापले धेरै चासो राख्नु भयो,’अर्का किसान शंकर थारुले भने,‘विगतका बर्ष जस्तो यो बेला सहज थिएन,सिडिओ सापको नेतृत्वमा बस्ने बैठकले भने किसान लाभान्वित हुन पुगे ।’पछिल्लो समय मल खाद दिने संस्थान र कर्पोरेशनले पालिका मार्फत मल वितरण गरिरहेको प्रजिअ अधिकारीले जानकारी दिए । नेपाल भारतको ८३ किलोमिटर सीमातवर्ती क्षेत्र तस्करीले किसान प्रत्यक्ष रुपमा मर्कामा परेका थिए । प्रजिअको सक्रियताले भारत र नेपालबाट हुने तस्करी नियन्त्रणले किसानलाई फाईदा पुगेको छ । ८० प्रतिशत जिल्लाबासी कृषी पेशामा संलग्न भएकाले पनि किसानको पक्षमा अनुदार नभई उदार देखिएको प्रजिअ अधिकारीले दाबी गरे । किसानले अनावश्यक रुपमा तिर्न पर्ने करका लागि पालिकासँग समन्वयमा गरिरहेको उनले जानकारी दिए ।‘घरमा पालेको खसी बेच्दा सिफारिस बापद दुई सय रुपैया तिर्न पर्ने रहेछ,’उनले भने,‘किसानले कसरी तिर्न सक्छ ? ’प्रहरीले नेपाल भित्र बेच्दा भारतबाट ल्याएको भन्दै लिलाम गर्दा किसान मर्कामा परेको भन्दै सीमाक्षेत्रमा नै प्रहरी सामान बरामद गर्न पनि निर्देशन दिएको उनले जानकारी दिए । सय अपराधी छुटुन तर एउटा निर अपराधी नफसोस भन्ने सिद्धान्त लागु गर्न स्पष्ट निर्देशन दिएको उनले बताए ।