गुलरिया स्थित राष्ट्रिय वाणिज्य बैंक सिल
बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित

असोज ८, बर्दिया । विहिबार बर्दियाको गुलरियामा रहेको राष्ट्रिय वाणिज्य बैंक गुलरिया शाखा प्रशासनद्धारा शिल गरिएको छ ।
बैंकमा कार्यरत कर्मचारीहरुको स्वाब परिक्षणको रिपोर्टमा बैंकका २ जना कर्मचारीहरुमा कोरोना भाईरसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।
सबैभन्दा बढि चाप हुने बैंक भएकाले संक्रमणको दर उच्च रहेको र कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि बैंकलाई शिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी गराए । कहिले सम्म शिल गरिएको भने निर्णय भएको छैन ।
यस अघि का ठाकुरबाबा नगरपालिकामा रहेको वाणिज्य बैंकको कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि सिल गरिएको थियो । बैक सिल गरेका कारण स्थानीयबासी मर्कामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर