शुक्रबार, असोज ०९, २०७७
मा प्रकाशित
0
Shares
असोज ९, बाँके । बाँकेमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं. ३ घर भएका ५२ वर्षीय पुरुषको राती २ बजेर ३० मिनेटको समयमा नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारीले आफ्नो फेसबुक वाल मार्फत जानकारी गराएका छन् ।
मृतक संक्रमितमा स्वासप्रश्वासको स्वास्थ्य समस्या भएको मेडिकल कलेजले जानकारी गराएको छ । यस सँगै बाँकेमा मृतकको संख्या १७ पुगेको छ ।