आफैंले पालेको राँगोले हानेर मृत्यु
आइतबार, कार्तिक ३०, २०७७ मा प्रकाशित

३०कात्तिक(फरकसमाचार) डोटी जिल्लाको आदर्श गाउँपालिका-१ मा आफैँले पालेको राँगाले हान्दा अन्दाजी ४० वर्षीय चक्र साउदको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गएराति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृत्यु भएको हो।

मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ। राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर