केसीसँग  सीमावासीले भने ‘बल्ल अब हाम्रो पेट भरिन्छ सर ? ’
आइतबार, कार्तिक ३०, २०७७ मा प्रकाशित

बर्दिया,कात्तिक ३०(फरकसमाचार)
गुलरिया नगरपालिका–९ स्थित नेपाल भारतको टेपरीमा वस्ने प्रकाश थापाको घरमा पाँज जना सदस्य बस्छन् । दुई जना भारतको उत्तर काशीमा बसेर कमाइ गर्ने लकडाउँका कारण महिनौ दिन देखि घरमै छन् । घरको बिहान साझ जोहो गर्ने आय स्रोत छैन । ज्याला मजदुरी गर्ने काम यतिखेर नपाउँदा थापाको परिवार निराश थिए । तर,शनिवार बेलुका भने उनको परिवारमा खुसीयाली छायो । गुलरिया नगर प्रमुख मुत्तीनाथ यादवले‘लक्ष्मी पुजाको पुर्व सन्ध्यामा एक हजार नगद र एक बोरा चामल र अन्य खाद्यान्न उपलब्ध गराएको राहात सामाग्री बुझेपछि उनले भने, ‘बल्ल अब पेट भरिन्छ ?’
उमेरमा ३४ वर्ष नकाटेका गुलरियाका यूवा व्यवसायी विमल केसलिे सीमावर्ती गाउँका अति बिपन्न परिवारको स्थानीय तहसँगको समन्वयमा लगत संकलन गरेका थिए ।तिनै लगत संकलन भएको आधारमा २३ घर परिवारलाई तिहारमा खाद्यान्न दिए । आफ्नो खर्च कटाएर खाद्यान्न सामाग्री उपलब्ध गराएका केसीका अघि सीमावासीले भने ‘सर बल्ल हाम्रो पेट भरिने भयो ।’ पीडादायिक स्वर सुन्दा भावुक हुदै केसीले भने, ‘समस्यामा परेको बेला सहयोग गर्ने होे, अहिले त्यसैका लागि एक किसिमले सडक संर्घष गरिरहेको छु ।यस्ता कामबाट दुख होइन, आत्मसन्तुष्टि मिल्छ । जुन सन्तुष्टि लाखौं खर्चेर अर्थोकमा पाइँदैन् ।’
८२ किलोमिटर नेपाल भारतको खुला सीमा क्षेत्रमा नेपाली घना वसोवास छ ।विकास सीमा क्षेत्रमा नपुग्दा गाउँ नै उराठ र उजाड देखिन्छ । सीमावर्तीमा बस्ने नेपालीलाई सीमा रक्षक भनेर भनिएपनि स्थानीय स्रोत साधनको पहुचमा सीमावासी छैनन् । तर,चुनावको वेला भोट बैक रुपमा प्रयोग भएपनि सीमावासीको पीडा बुझ्न नसकेको बताउने सीमावासी बिच यूवा व्यबसायी केसी ‘रियल हिरो’ भएर चिनिए ।
पीडादायिक दिन हरु काट्दै गरेका नेपाल भारतको सीमा टपरी गाउँमा बस्ने भुपु टोलको २३ घर परिवार अनुहार झमक्क साझ पर्न थाल्दा धपक्क बोलेको स्थानीयले बताए ।‘आफ्नो खर्च कटाएर केसीले दिएको सानो सहयोगले सीमावासीको पेट भरियो,’वडा सदस्य धना चौधरीले भनिन् ।
कमाईका केहि प्रतिसत समाजसेजा गर्ने उदेश्यका साथ अघि बढेका केसीका यो अर्को समाजसेवा अन्तर्गतको उनले काम गरेका थिए ।
‘विश्व नै कोरोना संक्रमणको लडाई लडिरहेको अबस्थामा यो भएन ,त्यो भएन, नेताले गरेनन् भन्ने धेरै छन् ।मन फुकाएर सहयोग गर्ने कमै भेटिने मध्यमा गनिएका केसीको सीमावर्तीमा जय जय कार गरे,’उनले सुनाईन ।
‘पैसाले त कस्लाई पुग्छ र ?’ केसी प्रतिप्रश्न गर्दे भने,‘खर्च कटाएर चाड पर्व गरिबको चुल्हो बलोस भन्ने सहयोगको भावनाले झल्काएको मात्र हो ।’
यस्तै गरी केसीले यसअघि विपन्न परिवारलाई घर वा ग्रामिण भेगको गाउँ जोड्न सडक निर्माण, र वेला वेला अति विपन्नलाई खाद्यान्न वितरण गर्दा उनको समाजमा कद उचो भएको गुलरिया नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए ।साभार नागरिक न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर