३मंसिर(फरकसमाचार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिएको अमेरिकी पेन्टागनले जानकारी दिएको छ।
पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न भनेका हुन्।
अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले सो कुराको जानकारी मंगलबार दिएको बताइएको छ।
प्राप्त समाचारअनुसार उनले जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न हालै आदेश दिएको उनले मंगलबार जानकारी दिएको बताइएको छ।
केही समय अघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसकिने बताएका थिए। तर पनि यहाँका वरिष्ठ सैनिक र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले भने अहिले नै हतार गरेर अफगानिस्तान र इराकबाट अमेरिकी सैनिकको संख्या कटौती गर्न नहुने अडान राख्दै आएका छन्।
राष्ट्रपति ट्रम्प हालै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पारजित भएका छन्। उनी अबको केही समयपछि अमेरिकी राष्ट्रपतिका रुपमा विजयी जो बाइडेनले सपथ लिँदै छन्। तर अफगानिस्तानमा सेना उपलब्ध गराएका पश्चिमा देशहरुको संगठन नेटोले भने अफगानिस्तानमा अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीहरु रहेको बताएको छ।
सो संगठनले यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणको योजना बन्न सक्ने पश्चिमा सैनिक फिर्ता गर्न नहुने बताएको छ।साभार नागरिक दैनिक