६ मंसिर,बुटवल(फरक" />
रुपन्देहीमा थप कोरोना संक्रमितको मृत्यु
शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित

६ मंसिर,बुटवल(फरकसमाचार) । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका-४ की ६५ वषर्ीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलेलले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ ।साभार अनलाईन खबर)

प्रतिक्रिया

सम्बन्धित खवर