सामुदायिक वनमा सेतो वनमाराको आक्रमण
आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित

(फरकसमाचार)खोटाङका सामुदायिक वनमा सेतो वनमाराको आक्रमण बढेको छ। पछिल्लो समय बेँसीदेखि लेकसम्मका वनमा सेतो वनमारा नामको झाडीको आक्रमण बढेको हो। सेतो वनमाराको आक्रमणका कारण वनको विकासमा वाधा पुर्‍याइरहेको सामुदायीक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए।

अन्य रुखका बोटबिरुवा तथा घाँसलाई सेपिलो बनाएर उम्रन र बढ्न नदिने भएका कारण सेतो बनमारा सामुदायिक बन बिकासको वाधक बन्न थालेको छ। झांगिएर बाक्लो झाडी हुने र बिरुवाको माथिबाट छहारी लाग्ने भएका कारण सेतो बनमारा जंगलका स–साना बोटबिरुवाका लागि प्रमुखः रोगकारुपमा देखा परेको हो। केही दशक अघिसम्म बेँशी क्षेत्रमा देखा परेको सेतो बनमारा हावाको माध्यमबाट हाल जिल्लाको पहाडी क्षेत्रमा समेत फैलीसकेको छ। दाउरा, स्याउला जस्ता कुनै पनि काममा प्रयोग नहुने सेतो बनमारालाई तत्काल नियन्त्रण गर्नेतर्फ ध्यान नदिए सामुदायीक बनको बिकास गर्न गार्‍हो हुने देखिएको छ । प्रायः नदी र खोलाको किनारमा देखिने र फागुन, चैत्रमा पाक्ने सेतो बनमाराको बीउ हिउँदको बतासको माध्यमबाट सबै बनमा फैलीसकेको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताए।

सेतो वनमारा विगत तीन÷चार दशक अघिसम्म तराईका भूभाग तथा नदी किनारमा मात्र पाइन्थ्यो/देखिन्थ्यो। मिचाहा प्रजातीको सेतो वनमारा हाल पहाडी क्षेत्रका वनमा पनि तीव्र गतिमा फैलिरहेको छ। सेतो वनमाराको साना–साना दल (बीउ) हावाले उडाएर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने भएकाले सेतो वनमारा सहजै फैलिने गरेको वन अभियानकर्मीको भनाई छ। ‘आजभन्दा लगभग ३० वर्ष पहिला तराईतिर जाँदा कोसी गडतिर र तराईका भूभागमा सेतो वनमारा देखिन्थ्यो, आज पहाडी भेगतिर तीव्ररुपमा फैलिरहेको छ,’ अध्यक्ष राईले भने, ‘यसको उत्पादन क्षमता तीव्र छ। यसको सानो बोटबाट प्रतिवर्ष ८७४ वटा र सप्रेको बोटबाट २५ लाख ८७ हजार २०० वटासम्म दल उत्पादन हुन्छ। हावाले उडाएर दल फैलाउँछ। यसले ढाकेको ठाउँमा अन्य बिरुवा र झारलाई समेत उम्रन दिदैन।’ सेतो वनमाराको बोट घाँस वा स्याउलाकारुपमा समेत उपयोग नहुने भएकाले चाँडो फैलिने गरेको छ।

सेतो वनमारासँगै कान्छीकाँडा समेत वनका लागि रोगकारुपमा देखिएको छ। कान्छीकाँडा वार्षिक प्रतिबोट बढीमा ५ पाथीसम्म फल्ने गर्छ। चराले आहाराकारुपमा खाँदा कान्छीकाँडा एकठाउँबाट अर्को ठाउँमा विस्तार हुने गरेको अध्यक्ष राई बताउँछन्। यद्यपी कान्छीकाँडाबाट वनस्पती कोइला उत्पादन गरेर उपयोगमा ल्याउन सकिन्छ।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर