१० मंसिर, धनगढी । " />
कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित

१० मंसिर, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका चौमालामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना ३ ख ५९४२ नम्बरको ट्रकले सुदूरपश्चिम प्रदेशको ०१०० प ९७६ को मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका ४ का २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक मोहन बहादुर साउदले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका ४ का १९ वर्षीय प्रेम चौधरी घाइते भएका छन् । उनको सेती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर