राम प्रसाद चौहान
मंसिर ११ गुलरिया,बर्दिया / बर्दियामा थप दुई भन्सार नाका संचालनका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
बर्दिया जिल्ला भारतको बहराइच जिल्लासंग ८३ किलोमिटर जोडिएको छ । खुल्ला सिमाना नाका भएको कारणले गर्दा दिन प्रति दिन चोरी निकासी बढि रहेको छ । अवैध कारोबार नियन्त्रण,ढुवानी खर्च घट्ने र मालसामान आपुर्ति गर्न सहज बनाउनका लागि बर्दियामा भन्सार नाका संचालन गर्न जरुरी छ ।
मित्र राष्ट्र भारतसंग वार्ता गरी बर्दियाको गुलरिया नगरपालिका–१० रत्नापुर भारतको रजनहवा र बढैयाताल गाउँपालिका–२ जमुनी फुटाहा भारतको बलैगाउँ भन्सार नाका संचालनको लागि गृह मन्त्रालयलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनु भयो ।