बर्दियामा हाईस दुर्घटना हुदा १२ जना घाईते
शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित

मंसिर १२ गुलरिया,बर्दिया / गुलरिया नगरपालिका –१ कमलपुर स्थित हाईस दुर्घटना हुदा १२ जना घाईते भएका छन् ।

नेपालगन्जबाट राजापुर जाँदै गरेको भे १ ज ११५७ नम्बरको हाईस दुर्घटना भएको हो । तिव्र गतिमा रहेको हाईसको टायर पड्केर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

दुर्घटनामा १२ जना घाईते भएको प्रारम्भिक अनुमान छ । घाईतेहरुको जिल्ला अस्पताल बर्दियामा उपचार भईरहेको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर