बुधबार, मङि्सर १७, २०७७
मा प्रकाशित
0
Shares
फरकसमाचार संवाददाता
मंसिर १७ गुलरिया,बर्दिया / ठाकुरबाबा नगरपालिकाको लालमटियामा सडिसकेको अबस्थामा शव फेला परेको छ ।
ठाकुरबाबा नगरपालिका–२ लालमटिया राष्ट्रिय निकुञ्ज भित्र नेपाली सेनाको लालमटिया पोष्टबाट निकुञ्ज गस्तिमा खटिएको टोलीले शव फेला पारेको हो । फेला परेको शवको नामथर वतन नखुलेको सडिसकेको अबस्थामा फेला परेको हो ।
शवको प्रकृती हेर्दा पुरुष जस्तो देखिने प्रहरीले जनाएको छ । थप अनुसन्धान ईलाका प्रहरी कार्यालय बग्नाहबाट भइरहेको लुम्बिनी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।