राम प्रसाद चौहान
१८ मङ्सिर, बर्दिया । दुई वर्ष अघि देखि सडक निर्माणमा अबरोध गरिरहेको घर भत्काउँन बल प्रयोग गरिएको छ । गुलरिया नगरपालिका–५ स्थित बालापुरमा रहेको घर वल प्रयोग गरेर भत्काईएको हो । भत्काइएको घर गुलरिया वडा नं.५ का निर्वाचित सदस्य सोमेन्द्र चौधरीको हो । नगरपालिकाका सदस्य घर भत्काएर नमुना शहरको रुपमा विकास गर्न गुलरिया नगरपालिका अग्रसर भईरहेको छ ।
गुलरिया नगरपालिकाको अग्रसरताले शघन शहरी कार्यालयले करौडौ लागतमा निर्माण गरिरहेको सडक र नाली निर्माण कार्यले यस वर्ष नै पुर्णता पाउँने भएको छ ।
सडक विस्तारलाई पुर्णता दिन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवको अग्रसरतालाई प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी साथ दिएका छन् । नगर प्रमुख मुक्तिनाथ यादवको समन्वयमा अघि बढिरहेको विकास नगरवासीले सह्रानिय काम भएको बताएका छन् । बालापुर सडक मापदण्ड भित्रको संरचना हटाउँदा प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने,सहायक प्रजिअ,गणेश विक्रम शाह ,प्रहरी निरीक्षक शुशिल थापा ईन्जिनियर विशाल पौडेल र नगरपालिका शब ईन्जिनियर अर्जुन लम्साल स्वयमले स्थलगत निरीक्षण गरेका थिए ।
‘गुलरिया सधै हिलरिया धुलरिया बन्नु भएन’एक स्थानीयले भने,‘सडक मापदण्ड भित्र परेका संरचना हटाएर बनाएका संरचनाले मात्र गुलरियाको मुहार फेरिन्छ ।’
तराईका १० नगरपालिकालाई भित्र परेको गुलरियालाई नमुना शहरको रुपमा विकास गर्न गुलरिया नगरपालिका कडाईका साथ प्रस्तुत भएको छ ।
गुलरिया नगरपालिका वडानं. ५ का सदस्यको निजी घर सडक मापदण्ड भित्र पर्दा नमुना शहरी विकास आयोजनाको अघि बढ्न सकेको थिएन ।जसले गर्दा गुलरिया बालापुर हुदै तुल्सीपुर निस्कने सडकले पूर्णता पाउँन सकेको थिएन ।
विहिबार वल प्रयोग गरेर भत्काएपछि सडक निर्माणको कामले निरन्तरता पाउँने भएको हो ।यस्तैगरी राधाकृष्ण बगलामुखी मावि नजिकको मोडमा पनि सडक विस्तार गर्न सडक मापदण्ड भित्र परेका संरचना नगरपालिकाले वल प्रयोग गरेर भत्काएको छ ।
बर्दियाको जेठो सदरमुकाम नमुना नगरपालिकाका लागि करिब दुई अर्बमा सघन शहरी कार्यालय करिब दुई वर्ष देखि गुलरिया नगरपालिका भित्र ३५ किलोमिटर पक्की नाली सहित पक्की सडक निर्माणको काम अघि बढाएको छ ।
यस क्रममा केहि अटेर व्यक्तिले सडक मापदण्ड भित्र परेका घर वा टहराका नभत्काउँदा सडक निर्माण र नाली निर्माणले पुर्णता पाउँन सकेको छैन । गुलरिया नगरपालिका नगर प्रमुख यादव र प्रशासकिय अधिकृत न्यौपाने टोलीले स्थलगत अनुगमन गरेपछि बल प्रयोग गरेर मापदण्ड भित्र परेका संरचना हटाउँन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय तर्फवाट सहायक प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाह उपस्थित भएर सडक विस्तार गर्न सडक मापदण्ड भित्र परेका संरचना हटाउन स्वयम खटिएका छन् ।
विकासलाई रोक्न कुनै पनि शक्तिले नसक्ने गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले वताए । ‘गुलरिया नगरपालिकालाई समृद्ध बनाउँनका लागि मलाई निर्वाचित गर्नु भएको छ,’उनले ‘सर्व प्रथम विकास सहयोग गरिदिन नगरवासीसँग आग्रह गर्छु नभए वल प्रयोग गरेर पनि काम गर्ने ईच्छा शक्ति छ ।’
दुई वर्ष अघि विकास अघि बढिरहेकाले अधुरा र अपुरा कामले पनि पुर्णता पाउँने उनले बताए । सडक मापदण्ड भित्र बनेका संरचना भत्काएर विकासका कामलाई निरन्तरता दिने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताए ।नगर प्रमुख यादवको निर्देशन भईरहेको कामले ६ महिना भित्र गुलरिया नगरपालिकाको मुहार फरिने प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले दाबी गरे ।