रुपन्देहीको मर्चवारमा नेपाली सेनाले बनायो हाटबजार
आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित

मंसिर २१ बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित नेपाली सेनाले हाटबजार निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको सामाजिक आर्थिक विकास पूर्वाधार अन्तर्गत गरुडदल गण रामनगर बुटवलले मर्चवारी गाउँपालिकाको वडा नम्बर ५ मा हाटबजार ट्रष्ट निर्माण गरेको हो ।

हाटबजार एक कार्यक्रममकाबीच मर्चवारी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । आइतबार आयोजित हस्तान्तरण कार्यक्रममा २२ नम्बर बाहिनीपति सहायकरथी सुदर्शन सिलवालले गाउँपालिकाका अध्यक्ष केशवानन्द वानियाँलाई ट्रष्ट हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै बाहिनीपति सिलवालले जनतासँग गरिने यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने बताए । जनताहरु प्रत्यक्ष लाभाविन्त हुने कार्य सेनाले गर्न पाउनु उत्साहजनक रहेको उनले बताए ।

नेपाली सेनाले मर्चवार क्षेत्र स्वास्थ्य शिविरसहितका अन्य कार्यक्रम समेत गरिरहेको सहायक रथी सिलवालले बताए । उनले ट्रष्ट निर्माणमा स्थानीय नागरिक र पालिकाबाट सहयोग पाएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्ष केशवनन्द बानियाले सेनाले निर्माण गरेको ट्रष्टले हाटबजार सञ्चालनमा ठूलो टेवा पुग्ने बताए  उनले सेनाले मर्चवार क्षेत्रमा गर्ने गतिविधिले नागरिक उत्साहित बताएको बताए ।

सेनाले सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रम अन्तर्गत १० लाख लागतमा ट्रष्ट बनाएको हो । पूर्वाधार निर्माणमा गाउँपालिकाले साढे ४ लाखको भौतिक सामग्री प्रदान गरेको छ । सो हाटबजारबाट ५ हजार किसान लाभान्वित हुने जनाइएको छ । नौवटा गाउँको बीचमा रहेको हाटबजारमा साप्ताहिक हाट शुरु गर्ने गाउँपालिकाले जनाएको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर