फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्यो
बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित

फरकसमाचार संवाददाता

बाँके मंसिर २५ / फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके खजुरा गाउँपालिका ५ रजनवा बस्ने लाल खाँको छोरा बर्ष २२ को रहिस खाँ भएको लागु औषध हेरोईन मुद्दामा बाँके जिल्ला अदालतबाट २ महिना सजाय तोकेको हो । खाँ मिति २०७६ साल चैत्र महिना देखि फरार रहेका थिए ।

बुधबार सादा पोशाकमा प्रहरी जवान रमेश यादबको कमाण्डमा खटिएको प्रहरी टोलिले खजुराबाट खाँलाई नियन्त्रणमा लिएको हो । खाँलाई हिरासतमा राखी ईलाका प्रहरी कार्यालय धनौली बाँकेबाट थप अनुसन्धान भई रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर