बिहिबार, मङि्सर २५, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया मंसिर २५(फरकसमाचार)
बाघको आक्रमणवाट मृत्यु भएका परिवारलाई निकुन्जले छात्राबृत्रि रकम उपलब्ध गराएको छ ।
गेरुवा गाउँपालिका वडा नम्बर १ राजिपुर बर्दियाका बाघको आक्रमणबाट मृत्यु भएका लहानु थारुका परिवारलाई दश हजार उपलब्ध गराएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले राहत स्वरुप दश हजार प्रदान गरे । यस्तैगरि महिला वातावरण उपसमितिले मृतकका तीनजना छोरीहरूलाई छात्रावृत्ति स्वरुप ९ हजार रुपैयाँ सहयोग गरेको छ ।राहत स्वरुप प्रदान गरेको रकमले मृतकका छोराछोरीको पढाईले निरन्तरता पाउँने निकुन्ज प्रशासनले विश्वास गरेको उनले वताए ।