शुक्रबार, मङि्सर २६, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया मंसिर २६ (फरक समाचार) राजापुर नगरपालिका –७ बेलासा बस्ने ६३ वर्षिय तुल्सिराम थारुको शव फेला परेको हो ।
थारु आठ दिन देखि बेपत्ता रहेका थिए । मंसिर १८ गते देखि बेपत्ता रहेका थारुको मंसिर २५ गते घर देखि २/३ किलोमिटर पश्चिम तिर खेतको सुख्खा कुलोमा शव फेला परेको हो ।
बेपत्ता रहेका थारुको आफन्तहरुले खोज तलास गर्ने क्रममा शव फेला परेको हो । राजापुर ईलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।