लैगिंक हिसां सम्बन्धि कानुन कडाबन्दै तर कार्यान्वयन फितलो
शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
मंसिर २६  बर्दिया / लैगिंक हिंसा सम्बन्धि कानुन कडा बन्दै गएता पनि कार्यान्वयन फितलो हुदा लैगिंक हिसांका घटना नियन्त्रण होइन न्यूनिकरणमा पनि चुनौति देखिएको छ ।

लैंगिंक हिंसा अन्त्यको प्रतिबद्धता ब्यक्ति समाज र सबैको एक्येबद्धता भन्ने मुल नाराका साथ २९ औं अन्र्ताष्ट्रिय लैगिंक हिसां बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा सहभागिहरुले लैगिंक हिसांका बिरुद्ध सरकारले कडा कानुन पारित गरेतापनि कार्यान्वयन तहमा कडाई नहुदा हिसांको घटनामा न्यूनिकरणमा पनि चुनौति देखिएको अधिकार कर्मिहरुले एक कार्यक्रममा बताएका हुन ।

जव सम्म हिसां पिडित न्यायीक निकायको ढोकासम्म सहज र सरल रुपमा पुग्ने वातावरणको सृजना हुन सक्दैन तव सम्म हिसां बिरुद्धको अभियान सफल नहुने भन्दै हिसां घटना समुदायमा कुण्ठित पार्ने र त्यस्ता घटना बाहिर आउन नदिनेको पहिचान गरि कानुनी दायरामा ल्याउनका लागि पालिका लगाएत सरोकारवालाहरुले रणनितिक योजना बनाएर कार्यान्वयन गर्नु पर्नेमा सहभागिहरुले जोड दिएका थिए ।
७२ औ मानब अधिकार दिबस र २९ औ अन्र्ताष्ट्रिय लैगिंक हिसां बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा प्रमुख अथिति बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले नेपालको संबिधान २०७२ले महिला र लैगिंक अधिकारलाई सम्बोधन गरेको बताउदै कानुन महिला मैत्रि बनेको छ तर कानुन र बिधि सबैले सहि तरिकाले पालना गर्नु पर्नेमा जोड दिनु भयो ।

जहाँ गरिबी र अशिक्षा छ त्यहाँ हिसांका घटना बढि हुने भन्दै महिला शिक्षा र आर्थिकमा क्षेत्रमा सक्षम बनाउन सकेमा हिंसाका घटनामा कमि आउने बताउनु भयो । कानुन बनेर मात्र हुदैन त्यसको प्रभाबकारी कार्यान्वयन हुन सकेन भने त्यसको कुनै महत्व नहुने भन्दै कुनै पनि हिसांको अन्त्य गर्नका लागि सबै क्षेत्रको साथ र सहयोग भयो भने अभियान सफल हुने अध्यक्ष श्रेष्ठले बताए ।

पालिकाका उपाध्यक्ष दीपाकुमारी गौतमको अध्यक्षतामा भएको समापन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी , नेकपा बढैयातालका अध्यक्ष लल्लुराम थारु, जेष्ठनागरिक संजाल बढैयातालका अध्यक्ष टुकराज घिमिरे ,संघ सस्थाको तर्फवाट ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक भागिरथ चन्द ,जागरण महिला संघकी अध्यक्ष गोमा पौडेल लगाएतले अभियानलाई सफल पार्नको लागि १६ दिने अभियानले मात्र नपुग्ने भन्दै समाजमा कुनै पनि हिसांलाई सून्य पार्नको लागि सबैले अपनत्व लिदै आजैको दिनवाट प्रतिबद्ध भएर लाग्न सक्यौ भने साच्चै पिडक कानुको दायरामा आउने छ र पिडितले न्याय पाउने अवस्थाको सृजना हुने र हिसांका घटनामा न्युनिकरण हुदै जानेकुरामा जोड दिएका थिए ।

सुचना र मानब अधिकार अनुसन्धान केन्द्र, इलाका प्रहरी कार्यालय मैनापोखर ,जनजागरण महिला संघ , कमैया महिला जागर संघ , बि ग्रुप, लगाएतका संघ सस्थाको समन्वय र सहकार्यमा महिला बालबालिका तथा जेष्ठनागरिक बिकास शाखा बढैयातालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुचना र मानब अधिकार अनुसन्धान केन्द्र बर्दियाका कार्यक्रम संयोजक मान बहादुर थारुले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्नु भएको भने बढैयाताल ६ की सदस्य पार्बति काफलेले सवागत र महिला बालबालिका शाखाकी प्रमुख दुर्गादेबि हमालले कार्यक्रमको संचालन गर्नु भएको जनाईएको छ ।

२५ नोभेम्बर वाट सुरु भएको १६ दिने अभियान १० डिसेम्बरका दिन राजनितिकदलका प्रतिनिधि, जन प्रतिनिधि , कर्मचारी , संघसस्थाका प्रतिनिधि , नागरिक समाजका प्रतिनिधि, सुरक्षाकर्मि संचारकर्मि , मानब अधिकार कर्मि , महिला अधिकारका क्षेत्रका प्रतिनिधि लगाएतको झण्डै ५० जनाको सहभागितामा बढैयाताल गाउँ पालिका कार्यालयको गेटवाट ब्यानर र प्लेकार्ड सहित निस्केको ्याली सुनगाभा होटेलमा पुगेर अन्तरक्रिया कार्यक्रमका साथ सम्पन्न भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर