हराएको मोटर साईकल फेला पारी मो.सा. धनिलाई बुझाईएको
शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया मंसिर २७ हराएको मोटर साईकल प्रहरीले फेला पारी सवारी धनीलाई बुझाएको छ ।

बारबर्दिया नगरपालिका–८ घर भई हाल गुलरिया नगरपालिका–६ बस्ने लोक बहादुर गिरीको मोटर साईकल हराएको थियो । मंसिर २६ गते गुलरिया नगरपालिका–५ सुहेलवा चोकबाट भे.१०प २४५२ नम्बरको मोटर साईकल हराएको थियो ।

गिरीले मोटर साईकल खोजतलासको लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा आज गुलरिया नगरपालिका–५ स्थित सडक किनारमा राखिएको अवस्थामा फेला परी मोटर साईकल धनी गिरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर