फरक समाचार संवाददाता
बर्दिया मंसिर २८ जिल्ला स्तरिय सुरक्षा गोष्ठी शनिवार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय आयोजना गरेको जिल्ला स्तरिय सुरक्षा गोष्ठि लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको प्रमुख अतिथिको रुपमा उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दे केसीले जिल्लाको सुरक्षा व्यवस्था बलियो बनाउन जिल्ला स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको वताए ।
प्रदेश सरकार लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा आयोजित जिल्लास्तरीय सुरक्षा गोष्ठीको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका थिए ।
जनता र प्रशासनको बिचको सम्बन्धलाई अझै राम्रो बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कुरा मन्त्री केसीले उल्लेख गरे ।यस्ता कार्यक्रममले जनता र प्रशासन विच सुमधुर सम्बन्ध स्थापित गर्ने कुरालाई मन्त्री केसीको जोड दिएका थिए । उदघाटन सत्र सम्पन्न लगत्तै गोष्ठी बन्द सत्र सुरु भएको थियो ।कार्यक्रम व्यानर पढेर मन्त्री केसी उदघाटन गरेका थिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के.सी.,सचिव, उपसचिव,प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाह,सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।