उद्योग बाणिज्य संघको भवन निमार्णका लागि बढैयाताल  गाउँपालिकाबाट १५ लाख अनुदान
आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया मंसिर २८ उद्योग बाणिज्य संघ बढैयातालको भवन निमार्णको लागि बढैयाताल गाउँपालिकाले १५ लाख अनुदान दिने घोषणा गरेको छ ।

बढैयाताल गाउँपालिका–६ मैनापोखरमा उद्योग बाणिज्य संघको भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले भवन निमार्णको लागि १५ लाख अनुदान सहयोग दिने घोषणा गरेका थिए ।

भवनको शिलान्यास गर्दै अध्यक्ष श्रेष्ठले यो भवनको निमार्णको कार्य सिघ्रगतिमा बढने छ भन्दै उद्योगी ब्यापारीहरुको मन्दिर निमार्णको शिलान्यास भएको छ । यो मन्दिर निमार्णको लागतको ५०% पालिकाले सहयोग गर्ने घोषणा गर्दै र ५०% उद्योग ब्यापार संघले उठाउने प्रतिबद्धता जनाउनु पर्ने बताएका दिए । बर्दिया जिल्लाका सबै पालिकाका उद्योग बाणिज्य संघहरु बिच सम्बन्ध जोडदै एक संघले अर्को संघलाई सहयोग गर्ने परम्परा बसाल्नु पर्ने धारणा राखेका थिए ।

जग्गा दाता नेपाल उद्योग बाणिज्य संघका निवर्तमान केन्द्रिय अध्यक्ष भवनानी राणाले निशुल्क रुपमा दान गरेका एक कठ्ठा जग्गामा रु २९ लाखको लागतमा ४ कोठे भवनको डि.पि.आर बनेको संघका महासचिब रबिन्द्र रावलले जानकारी दिए ।

उद्योग बाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदी ,उद्योग बाणिज्य संघ जिल्ला समान्वय समितिका अध्यक्ष बिर बहादुर चौधरी , उद्योग बाणिज्य संघ मधुवनका अध्यक्ष देबेन्द्र तिमिल्सिना , राजापुरका अध्यक्ष कृष्ण रेग्मी , स्थानिय उद्योगि ब्यापारी,संघ सस्थाका प्रतिनिधि र जन प्रतितिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर