आइतबार, मङि्सर २८, २०७७
मा प्रकाशित
0
Shares
राम प्रसाद चौहान
बर्दिया मंसिर २८ घाँस काट्न गएका थारुको शनिबार मृत अवस्थामा शव फेला परेको हो ।
ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३२ वर्षिय कृष्णा थारुको आफ्नै खेतमा मृत अवस्थामा भेटिएका हुन् । मृतक आफ्नै खेतमा घाँस काट्न गएका थिए । घाँस काटेर अबेरसम्म घर नआएपछि आफन्तले खोज तलास गर्ने क्रममा घर देखि दुई सय मिटर उत्तर तर्फ आफ्नै खेतमा पानी रहेको स्थानमा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले मृतकका घर परिवारसंग सोधपुछ गर्दा पहिला देखि नै क्षयरोग सम्बन्धि विरामी रहेका थिए । ईलाका प्रहरी कार्यालय बग्नाहाबाट थप अनुसन्धान भई रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार बैदवारले जानकारी दिए ।