दलबहादुर सुनार
बर्दिया मंसिर ३०/ नागरिक समाज बढैयातालले बाल बिबाह न्यूनिकरण संबन्धि १ बर्षे कार्ययोजना योजना निमार्ण गरेको छ ।
बाँके युनेस्को क्लब बाँकेले प्लान ईन्टरनेश्नल क्षेत्रिय कार्यालय सुर्खेतको सहयोगमा नागरिक समाजको लागि आयोजना गरेको क्षमता बिकास सम्बन्धिको तीन दिने तालिममा योजना निमार्ण गरिएको हो ।
बढैयाताल गाउँपालिकामा बाल बिवाह , जबरजस्ति गरिने बिवाह, बाल दुब्र्यवहार, यौनशोषण, हिंसा घटनाबाट संरक्षणका लागि नागरिक समाजको क्षमता बिकास गर्ने उद्देश्यले बाँके यूनेस्को क्लबको आयेजना गरिएको तालिममा १ वर्षे कार्ययोजना निमार्ण गरिएको हो ।
नागरिक समाजले बनाएको रणनितिक कार्ययोजनामा बढैयातालमा बालबालिकाको अवस्था झल्कने तथ्यांक संकलन, पालिकासंग समन्वय गर्दै सार्वजनिक सुनाईको लागि दवाब सृजना गर्ने, वडा स्तरमा बाल बिवाह तथा हिसां निगरानी समुह निमार्ण गर्ने, बाल बालिका सम्बन्धि काम गर्ने संघ सस्थाको पहिचान तथा सम्बन्ध बिस्तार गर्ने, वडा कार्यालयमा समन्वय बैठक गर्ने , प्रहरीसंग अन्तरक्रिया गर्ने, टोल बस्तिमा सचेतनाको लागि समन्धित निकायसंग समन्बवय गर्ने, बाल अधिकार समितिसंग समन्वय बैठक गर्ने, नागरिक समाजले नागरिकका आर्थिक, सामाजिक शैक्षिक तथा स्वास्थ्य, बिकाससंग सम्बन्धित सवालमा पालिकासंग समन्वय गर्ने ।
नागरिक समाज बढैयातलाका अध्यक्ष वालकृष्ण लामिछानेको अध्यक्षमा तथा समाजका १८ जना सहभागिता रहेको उक्त योजना निमार्ण तथा क्षमता बिकास तालिममको सहजिकरण प्रशिक्षक संदिव बिश्वकर्माले गरेको बाँके यूनेस्को क्लब बढैयातालकी फिल्ड सुपरभाईजर लक्ष्मी थारुले बताईन् ।