दलबहादुर सुनार
बर्दिया पुष १ / स्थानिय तहको सरकार संचालनमा आएपछि बढैयाताल मानब अधिकार प्रवद्र्धनका लागि उन्मुख पालिका बन्दै आएको स्थानिय सरकारका जनप्रतिनिधिले बताउदै आएका छन् ।
सुचना र मानब अधिकार अनुसन्धान केन्द्र नेपालगंजले आयोजना गरेको स्थानिय तहमा मानब अधिकार प्रवद्र्धन तथा कार्यान्वयन सम्बन्धि जनप्रतिनिधी, न्यायिक समिति, नागरिक समाज लगाएतका सरोकारवालाहरु बिच भएको अनुभब सिकाई आदन–प्रदान कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन ।
कार्यक्रमका प्रमुख अथिति एवं बढैयातालकी उपाध्यक्ष दिपा कुमारी गौतमले सुचना र मानब अधिकार अनुसन्धान केन्द्रको स्थानिय तहमा मानबअधिकार प्रवद्र्धन कार्यान्वयन परियोजना यस पालिकामा सुरु भएपछी नागरिक मैत्री नीति तथा कार्यबिधि बनाउदै कार्यान्वयनको चरणमा भएको बताईन् । यो परियोजनाले मानब अधिकारका सवाललाई उजागर गरेको र स्थानिय सरकारलाई जवाफदेहि बनाउनको लागि पालिकासंग समन्वय र सहकार्य गर्दै स्थानिय नागरिक अगुवा तथा सरोकारवालाहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी यस पालिकामा मानब अधिकार मैत्री पालिका बनाउनको लागि नीति तथा कार्यबिधि बनाउन आई .एच. आर. सी.को भुमिकाको उपाध्यक्ष गौतमले प्रसंसा गरेकी थिईन् ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले परियोजनाको समिक्षा गर्दै हामी नागरिक तिन तहको सरकारबाट साशीत छौ हामी नागरिक भौतिक बिकासको वारेमा जानकार छौ तर मानब बिकासको बारेमा जानकार नभएको अवस्थामा आई .एच. आर.सी.को परियोजनाले राज्य र नागरिकको सम्बन्धलाई जोड्ने काम गरेको बताएका थिए । नागरिकका अत्यावश्यक सवालका वारेमा राज्य गम्भिर हुन नसकेको अवस्थामा यस परियोजनाले सरकारको ध्यानाकषर्ण गरेको छ । यस पालिकामा हिंसा निगरानी समुह र लैंगिक समानता नीति बनाउनको सहयोग गरेको बताउदै यस पालिकालाई सबै नागरिकको पहुँच युक्त र मानब अधिकार मैत्री पालिका बनाउन सबै सरोकारवालाहरुको भुमिका खेल्नु पर्नेमा जोड दिएको अधिकृतले बताए ।
हिसां निगरानी समुह बढैयातालका संयोजक प्रेम प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको अनुभब अदान प्रदान कार्यक्रममा बर्दिया नागरिक समाज संजालका संयोजक बालकृष्ण ओली, न्यायिक समिति बढैयातालका गंगा बहादुर खत्री, बाँसगढी नगरपालिका कार्यपालिका सदस्य सर्जन कामी, नागरिक समाज बढैयातालका सचिब ज्ञानेन्द्रराज पोख्रेल लगाएतले कार्यक्रमको प्रभाबका बारेमा आ–आफनो धारणा राखेका थिए ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, महिला अधिकार कर्मि नागरिक समाजका गरि झण्डै २८ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यको जानकारी बर्दियाका परियोजना कार्यक्रम अधिकृत जनक थापाले गराएका थिए ।