सहकारीले ३५ लाख सम्मको ऋण सिमा तोक्यो
आइतबार, पुष ०५, २०७७ मा प्रकाशित

दल बहादुर सुनार
बर्दिया पुस  ५ /कालिका बचत तथा ऋण सहकारी सस्था लि. बढैयाताल ८ ले ३५ लाख सम्म लगानी को ऋण सिमा तोक्दै महत्वपुर्ण योजना पास गर्दै १९ औ साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका सदस्यलाई धितो बन्धका आधारमा अधिकत्तम २० लाख सम्म लगानी गर्दै आएको सस्थाले ऋणको सिमा बृद्धि गरी धितो बन्धकमा ३५ लाख सम्म ऋण लगानी गर्ने योजना पास गरको हो ।

सस्थाका सचिब पुष्पराज पौडेलले पेस गर्नु भएको प्रस्ताबहरुमा एकै प्रकृतिका सहकारी मर्ज ,सस्थाले नाफा गरेको रकमको ५ प्रतिशत सामाजिक विकासमा खर्च गर्नै लगाएतको प्रस्ताब पास गरेको हो ।

संस्थाका अध्यक्ष दशरथ शर्माको अध्यक्षतामा भएको साधरण सभाका प्रमुख अथिति बढैयातालका प्रसाशकिय अधिकृत अर्जुन सुबेदीले सभाको उद्धघाटन गर्दै कालिका सहकारी कालिकामा उत्कृष्ट सहकारी भएको भन्दै सहकारीको बिकासको लागि सहकारीले संस्थाका शेयर सदस्यहरको आर्थिक उन्नति हुने खालको योजना बनाउनु पर्ने धारणा राख्दै सहकारीको लागि लघुबित्त चुनौतिको रुपमा आएको बताउदै लघुबित्तमा बस्ने अधिकांश सहकारीका सदस्य भएको हुदा सहकारी बित्तिय अवस्थामा असर गरेको हुदा पालिकावाट लघुबित्त सस्थालाई नियन्त्रणका लागि अन्तरक्रिया गर्ने बताएका थिए ।

सस्थाले आ.ब. ०७६ ̷ ०७७ मा ५ करोड ४२ लाख ८३ हजार ३ सय ६० रुपैया २७ पैसाको कारोवारबाट ११ लाख ९१ हजार १ सय १५ रुपैया ९१ पैसा खुद नाफा गरेको संस्थाका कोषाध्यक्ष मधुसुधन पौडेलले प्रस्तुत गरेका प्रतिबेदनमा जनाएका थिए ।

आर्थिक सामाजिक विकास गरि सस्थाका सदस्यहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले २०५९ साल पौष २३ गते स्थापना भएको सहकारी १९ औ वर्ष पुरा गर्दा शेयर पुजि ७८ लाख १४ हजार र बचतमा ३ करोड ३८ लाख ४ हजार ९ सय २७ रुपैया ४२ पैसा भएको सहकारी सस्थाले जनाएको छ ।

२ सय ८५ जना महिला र ३ सय २७ जना पुरुष गरि जम्मा ६ सय १२ जना शेयर सदस्य रहेको सहकारी सस्थाले संस्थामा तरलता घटाउन र ऋणको दायरा बढाउका लागि २ लाख सम्मको ऋण लिनका लागि बचतको आधारमा र ३ लाख देखि ३५ लाख सम्म धितोको आधारमा लगानी गर्ने निर्णय गरेको हो । सहकारी सदस्यको मृत्यु भएमा सदस्यको परिवार हितकोषमा १० हजार बृद्धि गरि २० हजार पुर्याउने लगायतको महत्वपुर्ण निर्णय अनुमोदन गरेको सहकारीले जनाएको छ ।

कार्यक्रमका अथिति एवं सस्थाका सल्लाहकार तेजनाथ पौडेलले संस्थाका सदस्यहरुको उद्धमशिलताको लागि भोग जगाउने खालको काम गर्नु पर्ने , सहकारी शिक्षावाट सदस्यको उत्प्रेरणा जगाउने सहकारी शिक्षा चलाउनु पर्ने , सहकारीको लेखा प्रतिबेदन अध्ययन गर्दा ऋण लगानी हुन नसकी तरलतामा बसेको छ भने सदस्यले ऋण नपाएको अवस्था छ । सहकारीको अवस्थालाई बिश्लेश्ण गर्दा सहकारीको आम्दानी घट्नु र खर्चमा बृद्धि हुनु राम्रो होइन ।

सहकारीले अवका दिनमा अन्य बित्तिय सस्थाले जस्तै बजारको अध्ययन गरि सोही अनुसार सहकारीलाई पनि अगाडी बढाउनु पर्ने सुझाब दिएका थिए । सहकारीले ऋण लगानी, असुली प्रकृयालाई गम्भिर रुपमा ध्यान दिनु पर्ने भन्दै समय सापेक्ष प्रबिधिको प्रयोग गर्नु पर्ने र सदस्य मैत्री ऋण निति बनाउनु पर्नेमा सल्लाहकार पौडेलले जोड दिएका थिए ।

संस्थाको १९ औ साधरण सभामा सस्थाका बिशेष अथिति एवं संस्थापक अध्यक्ष बिमला गुरुङ्ग , सल्लाहकार टुकराज घिमिरे , होमकृष्ण न्यौपाने लगायत सस्थाका बिभिन्न समिति उप समितिका संयोजक , लगायतले छलफल कार्यक्रममा सहभागिता जनाएका थिए । लेखा सुपरिबेक्षण संयोजक राजेश्वर थापाले आ.ब. ०७६ ̷ ०७७ को लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर