रोजगार दाताहरुसँग परामर्श बैठक 
आइतबार, पुष ०५, २०७७ मा प्रकाशित

चन्द्र वि.क.
बर्दिया पुस ५ / यूसेप नेपाल र वल्र्ड भिजन एडभोकेशी फोरम (WVAF) को संयुक्त आयोजनामा र मागमा आधारित सीप विकास साझेदारी कार्यक्रमको लागि निर्माण कम्पनीका रोजगार दाताहरुसंग परामर्श बैठक गुलरियामा सम्पन्न भएको छ ।

बैठकमा ७ प्रकारका सीप विकास तालिमहरु इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डर रहेकोमा एक्जाभेटर बाहेकका ६ वटा ३ महिने तालिमहरु बर्दियाको विभिन्न नगरपालिकाहरुमा संचालन हुने कुरा युसेप नेपाल बर्दिया शाखाका जिल्ला संयोजक रमेश कुमार चौधरीले जानकारी दिए । चौधरीले ६ महिने एक्जाभेटर अपरेटरको तालिम भने काठमाण्डौमा संचालन हुने बताए ।

संयोजक चौधरीले युरोपियन युनियनको आर्थिक सहयोग र ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता परियोजना अन्र्तगत युसेप नेपाल र वल्र्ड भिजन एडभोकेशी फोरमद्धारा प्रवधित कार्यक्रमका लागि उपरोक्त तालिमहरु विभिन्न नगरपालिकामा गरिएको परामर्श बठैकबाट तालिम छनौट प्रक्रिया सकिएको जानकारी दिए ।

चैधरीका अनुसार गुलरिया नगरपालिकामा इलेक्ट्रिसियन र डकर्मी, बारबर्दिया नगरपालिकामा इलेक्ट्रिसियन र सटर बनाउने, बाँसगढी नगरपालिकामा पलम्बर र सटर बनाउने, मधुवन नगरपालिकामा डकर्मी र पेन्टर, ठाकुरबाबा नगरपालिकामा पेन्टर र पलम्बर, राजापुर नगरपालिकामा बारबेन्डर छनौट गरिएको छ । तालिम ६ वटा नगरपालिकामा संचालन भएपनि प्रशिक्षार्थी भने ८ वटै पालिकाका सहभागी गरिने छन् ।

संचालन हुने तालिमहरुबाट बर्दियाका २ सय ४० जना लाभान्वित हुने छन् ।

उक्त परामर्श बैठकमा जिल्ला समन्वय समितीका कार्यक्रम अधिकृत धिरज चौधरी, नागरिक समाजका बालकृष्ण ओली, गुलरिया न.पा. कार्यपालिका सदस्य बिनिता देवकोटा, निर्माण कम्पनीका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर