भन्सार छली गरी ल्याउदै गरेका गोरुसहित मानिस पक्राउ
आइतबार, पुष ०५, २०७७ मा प्रकाशित

बर्दिया पुस ५ (फरकसमाचार) भन्सार छली ल्याउदै गरेका गोरुसहित ५ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरी टोलीले बारबर्दिया नगरपालिका–३ बाट गोरुसहित मानिसलाई पक्राउ गरेको हो । भन्सार छली भारतबाट ल्याउदै गरेको अवस्थामा १२ जिउ गोरु प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेका गोरुको मुल्य रु १ लाख ८० हजार बराबर रहेको छ ।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–१ बस्ने २४ वर्षिय राकेश चौधरी,कैलाली जानकी गाउँपालिका–२ बस्ने ४० वर्षिय रामजनम चौधरी,३० वर्षिय राजु चौधरी,५० वर्षिय रतन चौधरी र बाँके खजुरा गाउँपालिका–८ बस्ने २८ वर्षिय सोनु खाँ हुन् ।

प्रहरीले पक्राउ गरेको गोरुसहित मानिसहरुलाई आबश्यक कारवाहीको लागि राजापु भन्सार कार्यालय गुलरियमा पठाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर