सुत्केरीलाई चिसोबाट जोगाउन बर्दिया अस्पताललाई न्यानो सामाग्री
सोमबार, पुष ०६, २०७७ मा प्रकाशित

दुर्गा आचार्य
बर्दिया, पुस ६ । पौष महिना लागेसंगै तराईमा शितलहर चलेको छ । शित लहरका कारण बर्दियाको जनजीवन पनि प्रभावित वन्दै गईरहेको छ । बढ्दो जाडो र शितलहरलाई मध्यनजर राख्दै जिल्ला अस्पताल बर्दियामा सुत्केरी हुनआउने आमा र शिशुहरुका लागि चिसोबाट जोगाउन अस्पताललाई न्यानो सामाग्री उपलव्ध गराईएको छ ।

उद्योग बाणिज्य संघ गुलरिया बर्दियाले सुत्केरी आमा तथा नयाँ जन्मिएका शिशुहरुलाई चिसोबाट जोगाउन पानी तताउने ईलेक्ट्रिक जग ३ पीस, हिटर ५ पीस र न्यानो ब्लाङ्केट १० थान उपलव्ध गराएको छ ।

चिसो समयमा उद्योग बाणिज्य संघ गुलरियाले सुत्केरी आमा र शिशुहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै न्यानो समाग्री आवश्यकता अनुसारको गरेको लुम्बिनी प्रदेशकी उप—सभामुख कृष्ण कुमारी थारुले वताएकि छिन् । उनले जिल्ला अस्पताल बर्दियाको सरसफाई र व्यवस्थापनमा पनि उल्लेखनिय रुपमा अगाडी बढेकोमा खुशी प्रकट गरेकी छिन् ।

बर्दिया अस्पतालले अस्पतालको गुणस्तरता वृद्धि हुदै गएकोमा अस्पताल व्यवस्थापन समिती ,चिकित्सक टीमको कामको प्रशंसा गरेकी छन् । विपत व्यवस्थापन बैठकले विभिन्न संघसंस्थाहरुसंग शितलहरलाई मध्यनजर राख्दै जोखिम युक्त समूहलाई न्यानो समाग्री वितरण गर्ने निर्णय अनुरुप उद्योग वाणिज्य संघ गुलरियाले जिल्ला अस्पताल बर्दियालाई न्याने सामाग्री उपलव्ध गराई पुण्यको काम गरेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वताएका छन् ।

उद्योग वाणिज्यले उपलव्ध गराएको समाग्री प्रयाप्त नभएतापनी आवश्यक थप सामाग्री अस्पताल व्यवस्थापन समितीले थप सामाग्री खरिद गर्ने प्रजिअ अधिकारीले वताएका छन् ।

शितलहरबाट नागरिकलाई जोगाउनका लागि सवैको हातेमाले अपहरिहार्य रहेको अधिकारीको भनाई छ । शितलहरका वेला जिल्ला अस्पताल बर्दियामा सुत्केरी हुन आउने महिला दिदी बहिनीहरुलाई चिसोबाट जोगाउन सकियोस् भन्ने उद्धेश्यले न्यानो सामाग्री थोरै भएपनि अस्पतालमा उपलव्ध गराएको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष वीर वहादुर चौधरीले वताए । आगामी दिनमा पनि जोखिम युक्त समूह पहिचान गरि आवश्यकता अनुसारको सामाग्रीहरु उपलव्ध गराउने अध्यक्ष चौधरीले वताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर