स्थानिय तह मातहतको कृषि कार्यालयको राजस्व भन्दा प्रदेश सरकारको कृषि कार्यालयको राजस्व चार सय गुणा बढी
मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित

बर्दिया,पुस ७ (फरकसमाचार) / स्थानीयतह भन्दा प्रदेश सरकारका सरकारी कार्यालयले अशुल्ने राजश्व चार सय गुणा बढि भएको पाईएको छ ।

किसानका लागि गुणस्तरिय सेवा दिन जिल्ला जिल्लामा स्थापित भएका प्रदेश सरकारले अशुल्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

लुम्बिनि प्रदेश सरकारले ग्रामिण भेगका पशु चौपायका औषधि उपचारका लागि प्रदेश सरकार अन्र्तगतमा ईमरजेन्सी सेवा उदेश्यले सदरमुकाम गुलरियामा एकिकृत कृषि कार्यालय स्थापना भईसकेको छ ।

यस्तै स्थानीय तह र प्रदेश सरकारका अन्र्तगतका एउटै कार्यालयल लिने राजश्वमा चार सय गुणा बढी हुनले विपन्न किसान मर्कामा परेका  छन् ।

पशु चौपायाको सामान्य औषधि ( जुका,पेट )सम्बन्धित उपचारका लागि प्रदेश सरकार अन्र्तगतको भेटनरिमा पुग्ने किसान ठगिएका छन् ।
एउटै प्रकृतिको सेवा लिन पुग्ने एउटै कार्यालयमा स्थानीय तहले ५ रुपैया राजश्व लिन्छ भने प्रदेश सरकार अन्र्तगतको कार्यालयले ३० रुपैया सम्म लिने गरेको पाईएको छ ।

एउटै कार्यालयवाट दिने प्राबिधिक सेवा किसानले ठूलो मूल्य चुकाउँनु परेको किसान राधेश्याम गुप्ताले वताए ।
‘प्रदेश सरकारले सेवा दिनु भन्दा सास्ती दिएको किसानलाई महशुस भईरहेको छ’उनले भने,‘राजश्व अशुल्नु राम्रो कुरा हो,एउटै कार्यालयले दिने सेवामा चार सय गुणा मँहगौ हुन हामी मर्कामा परेका छौ ।’

प्रदेशसरकारले अशुल्ने गरेको राजश्व पनि स्थानीय तह लिने राजश्व वराबर गरिदिनु पर्ने किसानको माग हो । किसानका लागि पाँच रुपैया राजश्य भेटनरी शाखाले लिने गरेको गुलरिया नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले वताए ।‘प्रदेश सरकार र स्थानीय तहका भेटनरीले किसानलाई प्राबिधिक सेवा दिईरहेको छ,’उनले भने,‘किसानलाई सर्व सुलभ राजश्व सेवा दिनु पर्छ भन्ने मान्यता,प्रदेश सरकार मातहतको कार्यालयले बढी राजश्व लिईरहेको हामी समक्ष पनि गुनासो आएको छ ।’

राजपत्रमा अंकित राजश्व प्रदेश सरकार मातहतको कार्यालयले किसानलाई प्राबिधिक सेवा दिईरहेको एकिकृत कृषि तथा पशुपंक्षि कार्यालयका प्रमुख विनोद घिमिरेले जानकारी दिए ।‘हामीले किसानलाई ईमरजेन्सी प्राबिधिक सेवा पनि दिईरहेका छौ’उनले भने,‘कार्यालयले आफुखुसी राजश्व उठाईहेको होईन,राजपत्रमा अंकित राजश्व लिईरहेका छौ ।’प्रदेश सरकार अन्र्तगत १२ वटा जिल्लामा राजपत्रमा अंकित राजश्व कार्यालयले उठाईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर