ईस्लामिक संघ नेपालको मानब सेवा कार्यक्रम गाउँ बस्तिमा
मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया पुस ७ / ईस्लामिक संघ नेपालको मानब सेवा कार्यक्रम गाउँ बस्तिमा पुगेपछि आर्थिक रुपमा बिपन्न परिवारका ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

नेपाल डेभलपमेन्ट सोसाईटीको सहयोगमा नेपाल ईस्लामिक संघ नेपालले संचालन गरेको मानब सेवाका कार्यक्रमबाट गाउँ बस्तिका बिपन्न परिवारका ब्यक्तिहरु शिक्षा, स्वास्थ्य, खानेपानी, भवन निमार्ण लगाएतका सुबिधाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका हुन् ।

मुक्त कमैया आधारभुत बिद्यालय बढैयाताल गाउँपालिका– ९ जनतानगरमा सोसाईटीको करिब एक लाख २० हजारको लागतमा जडान भएको सुबिधा सम्पन्न खानेपानिको धारा उद्घाटन कार्यक्रममा सोसाईटीका अध्यक्ष ओबैदुर रहमान खाँनले मानव सेवा नै यो सोसााईटीको मुख्य उद्देश्य भएको भन्दै आर्थिक रुपमा बिपन्न समुदायको शिक्षा, स्वास्थ्यको अवस्था पहिचान गरि स्थानिय सरकारका प्रतिनिधि संग समन्वय गरि मानब सेवाका कार्यक्रम संचालन गरेको बताए ।

दुर दराजमा रहेका ब्यक्तिहरु सम्म सोसाईटीको मानब सेवाका कार्यक्रम पुर्याउनको लागि राष्ट्र सेवक कर्मचारी प्रहरी सहायक निरिक्षक कुल बहादुर बि.क.को पहलमा बढैयातालका बिभिन्न वडाहरुमा सहयोगका कार्यक्रम सम्पन्न भएको बताए । यस क्षेत्रको बिकासका लागि सबै मिलेर काम गर्न सकेमा बिकास गर्न सकिने अध्यक्ष खाँनले बताए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मैलानी थारुको अध्यक्षतामा तथा बढैयातालकी उपाध्यक्ष दिपाकुमारी गौतमको प्रमुख आथित्यमा भएको कार्यक्रममा सोसाईटीका सचिब बद्रे आलाम खानले परियोजनाको उद्देश्य माथि प्रकास पार्दै आर्थिक रुपमा बिपन्न समुदायलाई लक्षित गरि ईस्लामिक संघ नेपालले बिभिन्न संघ संस्थासंग समन्वय गरि खाने पानीको सुबिधा, बिद्यालय जाने बालबालिकाको लागि स्कुल पोसाक , शैक्षिक सामाग्री , छात्रबृद्धि , बिद्यालय भवन निमाार्ण लगाएतका मानब सेवामा सहयोग गर्दै आएको बताए ।

बिद्यालयका अभिभाबक, बिद्यार्थि शिक्षक स्थानिय समाजसेबी जन प्रतिनिधिहरुको सहभागितामा भएको कार्यक्रममा नेपाल डेभलपमेन्ट सोसाईटीलाई बर्दियाको बढैयातालमा प्रबेश गराई स्वास्थ्य, शिक्षा, खानेपानी लगाएतका क्षेत्रमा काम गर्ने वाताबरणको लागि समन्वयकारी भुमिका खेल्ने प्रहरी सहायक निरिक्षक कुल बहादुर बि.क., सोसाईटीका अध्यक्ष र सचिबलाई योगदान गरेको भन्दै बिद्यालयले प्रशंसाको पत्रद्धारा सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर