वैकल्पिक शक्ति समाजवादी पार्टी : पूर्वप्रधानमन्त्री भट्टराई
आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

पर्वत, फागुन ११  : समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बताए । तर, उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवीहरू आफ्नो पार्टीमा आउनु उपयुक्त हुने डा भट्टराईको भनाइ थियो । पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत आज पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा भट्टराईले नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी भएको दाबी गरे ।

डा भट्टराईले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भनेर प्रतिबद्धता गर्ने तर दिनप्रतिदिन सरकारका गलत समाचार आइरहेको बताउँदै सरकारले विश्वास गुमाउँदै गएको आरोप लगाए । सरकारले समृद्धि भइरहेको दाबी गरेर गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उनले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर