बर्दिया, फागुन १३(फरकसमाचार)
बर्दिया क्रिक्रेट संघ र बर्दिया क्रिक्रेट एकेडेमिको संयुक्त आयोजनामा गुलरियामा १६ बर्ष मुनिको क्रिक्रेट सिरिज बिहिबार देखि सुरु भएको छ । बर्दिया क्रिक्रेट बिकास तथा अव्वल खेलाडी उत्पादनका लागी खेल सुरु गरिएको बर्दिया क्रिक्रेट संघका अध्यक्ष बिनयराज भण्डारीले बताए । बर्दियाका खेलाडीहरुलाई आउदो दिनमा अझै निखार ल्याउन सकौ भनेर बिहिबारदेखि ३ दिनको लागी १६ बर्ष मुनिको क्रिक्रेट सिरिज खेलको आयोजना गरिएको उनको भनाई छ ।
१६ बर्ष मुनिको क्रिक्रेट सिरिज खेल आयोजना गर्ने भन्ने सोच बनाएको बेला बर्दिया जिल्लाका राष्ट्रिय स्तरका क्रिक्रेट खेलाडी अजय श्रेष्ठको माल्टामा सडक दुर्घटनामा मृत्यु भयो । उहाँलाईनै सम्झेर १६ मुनिको क्रिक्रेट सिरिजको आयोजना गरिएको छ । श्रेष्ठले बिदेशमा हुँदा बर्दिया क्रिक्रेट बिकासका लागी बेला बेलामा आर्थिक सहयोग गर्ने गरेका अध्यक्षले बताए ।
१६ बर्ष मुनिको क्रिक्रेट सिरिजमा बर्दिया भरिका २८ जना खेलाडि सहभागिता भएको बर्दिया क्रिक्रेट एकेडिमिका संचालक सिद्धार्त श्रेष्ठले बताए । सिनियर लेवलका खेलाडिहरुले मात्र म्याच खेल्न पाईरहेको अवस्था रहेको छ । बर्दियाका ग्रास रुट लेबल नभएको अवस्थामा बर्दिया क्रिक्रेटलाई मजबुद गराउन खेलको आयोजना गरिएको उनको भनाई थियो ।
बिहिबारदेखि सुरु भएको खेलमा २८ जना खेलाडीलाई २ वटा टिममा विभाजन गरी तिन दिन सम्म खेल खेल्ने श्रेष्ठले बताए । बर्दिया क्रिक्रेट संघका अध्यक्ष भण्डारीले खेलको उद्घाटन गरेका थिए ।
बिहिबार टिम रातो र टिम हरियो बिच खेल भएको छ । जसमा टस जितेर टिम रातोले पहिले ब्यटिङ गरेर २० ओभरमा १ सय ३ रन बनायो । टिम रातोका लागी रोहित सुनारले सर्वाधिक २५ रन बनाए । त्यस्तै सुदिनले १२ बलको सामना गर्दै ११ रन बनाए ।
टिम रातोलाई सस्तोमा समेटन टिम हरियोका इसान सोनीले ५ रन खर्चेर ३ विकेट लिए । कुसल शाहीले १२ रन खर्चेर १ विकेट लिन सफल भएका थिए ।
टिम हरियोले १३ ओभरमा १ सय ४ रन पछ्याउदै खेल जित्यो । हरियो टिमका तर्फबाट खिमराज बोगटिले २४ बलमा सर्वाधिक २८ रन त्यस्तै हेमन्त आचार्यले २४ बलमा २८ रन बनाए । इसान सोनीले १९ बलमा २५ रन बनाए । टिम रातोका तर्फबाट समिर रेग्मीले १४ रन खर्चेर २ बिकेट लिए । त्यस्तै प्रकाश दुलालले २१ रन खर्चेर १ विकेट लिए ।
यसरी बिहीबार भएको १६ वर्ष मुुनिको क्रिक्रेट सिरिजमा टिम हरियोले सजिलै ७ विकेटले जित्न सफल भयो । सुरु दिनको खेलमा टिम हरियोका खेलाडि इसान सोनी म्यान अफ द म्याच घोषित भए ।