हरेक दम्पतीले यौन सम्पर्कका बारे जान्नैपर्ने महत्वपुर्ण कुरा
बुधबार, फागुन १४, २०७६ मा प्रकाशित

चरमानन्दको अनुभूत गर्ने माध्याम हो, यौन । अर्थात आनन्दको पनि उत्कर्षमा पुग्ने बाटो हो, यौन । यो आफैमा सुखद अनुभव हो । यौनको प्रसंगमा हामी लजाउने गर्छौं । यौनलाई छाडा भन्छौं । जबकी यो प्राकृतिक कुरा हो । र, सृष्टिलाई चलायमान राख्नका लागि यौनको भूमिका अपरिहार्य छ । यौनमा चरम सन्तुष्ट छ । यो दाम्पत्य सुखको एक तत्व हो । दम्पतीबीचको सम्बन्ध सुमधुर राख्नका लागि यौनले भूमिका खेल्छ । के पनि भनिन्छ भने, सक्रिय यौन जीवनले दम्पतीको सम्बन्धमा मात्र निकटता ल्याउने होइन, स्वास्थ्य लाभ पनि मिल्छ ।

तर, यौनको पनि आफ्नै मान्यता छ । परिधि छ । नियम छ । यौन सम्पर्क कहिले गर्ने, कुन समयमा गर्ने, कहाँ गर्ने, कुन स्थितीमा गर्ने भन्ने कुरा तय गरिएको छ । यस्ता कुरालाई ध्यानमा राखेर यौन क्रिया गर्दा चरम आनन्द प्राप्त हुन्छ भनिन्छ । साथै स्वास्थ्यलाई पनि लाभ मिल्छ । यौन हरेक व्यक्तिको आवश्यक्ता हो र सुखद अनुभूति पनि । त्यसैले यौन सम्पर्क राम्रो भावनाले गर्नु जरुरी छ । आनन्ददायक यौन सम्पर्कका लागि पार्टनरसँग समर्पणका साथसाथै सहयोग र सहमति पनि जरुरी छ । यदि पार्टनरलाई यौनमा रुची छैन भने जबरजस्ती गर्नु गलत हो । अतः यहाँ यौन सम्पर्कलाई लिएर दम्पतीबीच उठ्ने प्रश्नको उत्तर खोजिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर