मानव वेचविखन तथा ओसारपसारका कार्यविधी र नियन्त्रणका उपाय
सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित

विश्वव्यापी रुपमा फैलिएको मानवता विरोधी अपराधको रुपमा मानवबेचबिखन तथा ओसारपसारलाई लिईन्छ । यौन व्यवसायमा संलग्न गराउन, जवरजस्ती विवाह गराउने, यौनदासी बनाउने, कसैको लागि बच्चा जन्माईदिने, जवरजस्ती श्रममा लगाउने कार्यहरु यो कसूर अन्तर्गत पर्दछन् ।

व्यक्तिलाई अपहरण, धाकधम्की, प्रलोभन, शक्तिको दुरुपयोग जस्ता विधि र अनावरणहरु हाम्रो भौगोलिक तथा सामाजिक धरातलले समेत यसलाई सकारात्मक उर्जा दिएको पाईन्छ । अत्यन्त चलाखीपूर्ण तवरले मानिसलाई जालमा पारि बिभिन्न तवरबाट शोषणमा पार्न योजनागत ढंगबाट सम्बन्धित कसूरदारहरु परिचालित भएका हुन्छन । पीडितको छनोट, एक स्थानबाट अर्को स्थान सम्म लैजाने, ठाँउ सार्ने, लुकाएर राख्ने, अन्तिम ब्यक्तिलाई जिम्मा लगाउने जस्ता कार्यहरु गरि कसूरदारले गैर कानूनी हरकत गर्दछ । यो संगसंगै कसूरदारले आफ्नो आर्थिक लाभको अभिष्ट समेत पूरा गर्दछ । यस्ता गैर कानूनी हरकतहरु देश भित्र र देश बाहिर जहाँ पनि हुने गरेको पाईएको छ ।

विशेष गरि महिला वालवालिका, कमजोर चेतना स्तर तथा कमजोर आर्थिक अवस्था भएका वर्ग सबैभन्दा बढि जोखिममा रहेको पाईन्छ । त्यसका अलवा हाम्रो समाजमा बिध्यमान गरिबी, अशिक्षा, सामाजिक द्दन्द, बेरोजगारी, लैंगिक असमानता जस्ता तत्वका कारणले कसूरदारहरु सहजरुपले आफ्नो योजना सफल बनाउन समर्थ हुन्छन् यति मात्र होईन कसूरदारले मानवबेचबिखनको अपराध मात्र नगरि यौन हिंसा सम्बन्धि, हातहतियार तथा खरखजना, सरकारी दस्तखत छाँप किर्ते, लागूऔषध जस्ता अपराधहरुको पनि सहारा लिएको पाईन्छ । जसले गर्दा एउटा मात्र अपराध नभई विविध अपराधहरु पनि हुने हुँदा यसको अनुसन्धान बढि नै संवेदनशील हुन्छ ।

विश्वव्यापीकरणका बीच मानिसहरुको आवतजावतको आवरण भित्र संगठित रुपमा नै हुने गरेको मानवबेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधको अनुसन्धान गरि कानूनी कठघरामा ल्याउनु पर्ने बाध्यता र चुनौती नेपाल प्रहरीलाई छ ।  यस्तो अवस्थामा प्रहरीले गम्भिरता पूर्वक यो कसूर र कसूरको प्रभावलाई बुझि पीडितको पहिचान, उद्धार, संरक्षणको साथै प्रमाण संकलन गर्ने अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरि कानूनको दायरामा ल्याउनु पर्ने दायित्व रहन्छ ।

त्यस कारण पनि मानवबेचबिखन तथा ओसारपसार विरुद्धको कसूर गर्नु पछाडिका उदेश्य संलग्न ब्यक्तिले अपनाउने तौर तरिका देखी अपराधमा संलग्न हुने ब्यक्तिले गर्ने क्रियाकलापलाई महत्वका साथ हेरिनु पर्दछ ।

प्रहरीले लिनुपर्ने जानकारी :

  • सूचना दिने ब्यक्तिको नाम-थर ठेगाना
  • पीडितको नाम-थर ठेगाना, उमेर, लिंग, सम्पर्क नं.
  • पीडितको जातिय पहिचान
  • पीडितको पेशा/रोजगार
  • पीडितको मानसिक तथा शारीरिक अवस्था
  • स्वभाव, मादक पदार्थ सेवन/लागू पदार्थ सेवन गर्ने/नगर्ने
  • पारिवारीक स्थिति
  • पिडकको नाम थर ठेगाना, उमेर, लिंग, जातीय पहिचान, सम्पर्क नं., पेशा, हुलिया आदि

कानूनी व्यवस्था (कारवाहीका चरण

मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४  मा हदम्यादको बिषयमा उल्लेख नभएता पनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को १६९ (क) मा प्रचलित कानून वमोजिम हदम्याद तोकिएकोमा सोही वमोजिम नतोकिएकोमा जहिले सुकै मुद्दा गर्न सकिनेछ भन्ने ब्ववस्थाले यस कसूरमा हदम्याद नरहने प्रष्ट देखिन्छ ।

  • यस कसूरको शुरु कारवाही र किनारा सम्बन्धित जिल्ला अदालतबाट हुने
  • मुद्दाको सुनुवाई वन्द अदालतमा हुने हुँदा मुद्दाका पक्ष विपक्ष र निजका कानून व्यवसायी र अदालतले अनुमती दिएका ब्यक्तिले मात्र प्रवेश पाउनेछन ।
  • यो कसूरमा अभियुक्त पक्राउ गर्न सहयोग गर्ने, उद्दारमा सहयोग गर्ने सूचना दिएर पक्राउ गर्न सहयोग गर्ने ब्यक्तिलाई कसूरदारलाई भएको जरिवानाको १०% रकम दिईनेछ ।
  • दोभासे राख्न सकिने छ (अनुसन्धानलाई सहयोग गर्न)
  • सजाय :
  • (क) मानिस किन्ने वा बेच्नेलाई २० बर्ष कैद र २ लाख रुपैया सम्म जरिवाना
  • (ख) कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसूरको मात्रा अनुसार १० बर्ष देखि १५ बर्ष कैद र ५० हजार रुपैया देखि १ लाख रुपैया सम्म जरिवाना
  • (ग) प्रचलित कानून बमोजिम बाहेक मानिसको कुनै अंग झिक्नेलाई १० बर्ष कैद र २ लाख रुपैया देखि ५ लाख रुपैया सम्म जरिवाना
  • (घ) वेश्यागमन गर्नेलाई १ महिना देखि ३ महिना सम्म कैद र २ हजार रुपैया देखी ५ हजार रुपैया सम्म जरिवाना
  • (१) बिदेश लैजानेलाई १० बर्ष देखि १५ बर्ष सम्म कैद र ५० हजार देखि १ लाख रुपैया सम्म जरिवाना र बालबालिका लगेको भए १५ बर्ष देखि २० बर्ष सम्म कैद र १ लाख रुपैया देखि २ लाख रुपैया सम्म जरिवाना ।
  • (२) नेपाल भित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १० बर्ष कैद र ५० हजार देखि १ लाख रुपैया सम्म जरिवाना र बालबालिका लगेको भए १० बर्ष देखि १२ बर्ष सम्म कैद र १ लाख रुपैया जरिवाना
  • (च) नेपाल भित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १ बर्ष देखि २ बर्ष सम्म कैद र विदेश लगेको भए २ बर्ष देखि ५ बर्ष सम्म कैद
  • (छ) मानव बेचबिखन वा ओसारपसारको कसुरको दुरुत्साहन, षडयन्त्र वा उद्योग गर्नेलाई वा सो कसूरको मतियारलाई कसूर गर्दा हुने सजायको आधा सजाय
  • (३) कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको भएमा निजलाई सो कसूर गरे वापत हुने सजायको अतिरिक्त सो सजायको २५% थप सजाय हुनेछ ।

कानूनमा मानवबेचबिखन भनेर केकेलाई कुरालाई मानेको छ ?

(क) कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने,

(ख) कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने,

(ग) प्रचलित कानून बमोजिम बाहेक मानिसको अंग झिक्ने,

(घ) वेश्यागमन गर्ने 

यदि कसैले माथिका कुरा गरेमा हुने सजाय

(क) किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई बिदेशमा लैजाने,

(ख) वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितीको फाईदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारिडर, त्रास, धाक-धम्की दिई वा करकापमा कसैलाई बसि रहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसंग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपाल भित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने ।

मानवबेचबिखन तथा ओसारपसार न्यूनिकरणका उपायहरु :

  • जनचेतना अभिबृद्धी कार्यक्रमहरु संचालन गर्ने
  • अपराध र यसको प्रभावबारे स्कुल सम्पर्क कार्यहरु गर्ने
  • जोखिम समूह/वर्ग रहने स्थानको पहिचान तथा निग्रानी गर्ने
  • अपराधिक गतिबिधिमा संलग्न हुनसक्ने व्यक्तिको पहिचान र निग्रानी
  • जोखिममा पर्न सक्ने महिला तथा वालवालिकाको संरक्षण गर्न छुट्टा-छुट्टै कार्यक्रम संचालन गर्ने
  • नागरिकता पासपोर्ट बनाउन आउने व्यक्तिका बारेमा जानकारी लिने
  • देश बाहिर/जिल्ला बाहिर जाने नाकाहरुमा निगरानी बढाउने
  • सरोकारवाला निकाय तथा समूहहरुसँग को समन्वयमा सूचना, सहयोग प्राप्त गर्ने
  • चेकप्वाईन्टहरुमा सुक्ष्म निगरानी गर्ने
  • सबैभन्दा अगाडि आफ्नो ईज्जत प्रतिष्ठा र आफ्ना छोराछोरीको भविष्यलाई ख्याल गरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर