बर्दियामा जुवा खेलिरहेका पाँच जना पक्राउ
शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक ९(फरकसमाचार)/ जुवातास खेलेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१० थारुपर्सियाबाट प्रहरीले बिहीबार पाँच जनालाई पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका–१० नोखे थारुको खेतमा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा प्रहरी परिचालन भएका थिए । जुवाखालबाट तास र नगद फेला परेको प्रहरीले जनाएको छ । कति नगद फेला परेको प्रहरीले खुलाएको छैन ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१० का ५० वर्षिय दुलारी यादव, ४५ वर्षिय राम लखन थारु, ३४ वर्षिय उपेन्द्र थारु,३७ वर्षिय निसार बेहना र गुलरिया वडा नंम्बर ८ का ३७ वर्षिय सुरज कुमार थारु रहेका छन् ।

पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर