हतियार उठाउने धम्की नदिन दाहाललाई ओलीको सुझाव
आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित

काठमाडौं,कात्तिक ११/ प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन्।

गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) को वार्षिक साधारणभा र ग्लोबल कन्क्लेभको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न असम्भव भन्ने नहुहने बताए। “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । उनले भने, मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताए। शनिवार राजधानीमा आयोजित विरोध सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले हतियारको धम्की नदिन सुझाव दिएका हुन्।

प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर