सोमबार, कार्तिक १२, २०८१
मा प्रकाशित
1040
Shares
बर्दिया,कार्तिक १२(फरकसमाचार)/ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० ढुण्डिपुरका २७ वर्षिय एलिस शाहको आज सोमबार बिहान साढे नौ बजे मृत्यु भएको हो ।
राजापुर नगरपालिका–६ टपरा स्थित हुलाकी सडक खण्डमा गुलरियातर्फबाट राजापुरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको जनाईएको छ । शाहले चलाएको भे ७ प २६११ नंम्बरको मोटरसाइकल तिव्र गतिको कारण अनियन्त्रित भई बिजुलिको पोलमा ठोकिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पोलमा ठोकिदाँ चालक शाह शक्त घाईते भएका थिए । घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पु¥याउँदा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।